काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना खेलाडीलाई ‘टिम एक्सट्रीम’मा आबद्ध गरेको छ।काठमाडौंस्थित एभरेष्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झौता भएको हो।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन्।



सम्झौतापछि यी खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ। साथै, एक्सट्रीम इनर्जी ड्रिंकले आयोजना तथा सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहने जनाइएको छ।
नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्धलाई थप मजबुत बनाउने कम्पनीको अपेक्षा छ।
एक्सट्रीम इनर्जी ड्रिंकका अनुसार नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनु, खेलाडीलाई प्रोत्साहन गर्नु र युवालाई खेलकुदतर्फ आकर्षित गर्नु यस सहकार्यको प्रमुख उद्देश्य हो।
एनपीएलका ७ टोली समेटिएको विशेष संस्करणको क्यान सार्वजनिक
कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)सँग आबद्ध सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।
सम्बन्धित एनपीएल टोलीको पहिचान तथा क्रिकेटप्रति समर्थकहरूको उत्साहलाई समेटेर विशेष संस्करणको क्यान तयार गरिएको कम्पनीले जनाएको छ।
यस विशेष संस्करणमार्फत खेलाडी, टोली र समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउनुका साथै एनपीएलको माहोललाई अझ उत्साहपूर्ण बनाउने कम्पनीको लक्ष्य छ।
क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्सट्रीमको उपस्थिति थप प्रभावकारी बनाउने उद्देश्यले विशेष संस्करण सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोशसँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा सहकार्य र सहभागितालाई निरन्तरता दिने जनाएको छ।














