काठमाडौँ । नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् ।
यस सिजनको लंका प्रिमियर लिग जुलाई १७ देखि ८ अगस्त सम्म हुन लागेको छ । लंका प्रिमियर लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, दाम्बुला सिक्सर्स, गल्ले जाइन्टस र क्यान्डी रोयल्स गरी पाँच टिम रहेका छन् ।



यसअघि सम्पन्न पाँच सिजनमा जाफ्ना किंग्सले चार उपाधि जितेको छ भने एक सिजन क्यान्डी रोयल्सले जितेको छ । २०२० देखि शुरु भएको लंका प्रिमियर लिग गत बर्ष भने भएको थिएन ।













