काठमाडाैं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी एकता जोगाउन सबै नेताहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
देउवानिकट नेता विश्वकर्माले भनेका छन्, ´आधामा देउवाले गर्नु भयो ! बाँकीमा अव गगनले गर्नु हुन्छ ! सबैको सहमतिमा उम्मेदवार चयन गरौँ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔ ! यसका लागि देउवा , गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस्।´



जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजनीतिक दलहरूसँगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता गम्भीर मोडमा छ !
यो अवस्थाबाट मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सबैलाई आव्हान गर्यौ ! जसका कारण सबै दल निर्वाचनमा होमिएका छन् !
तर मुलुकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रुँदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होइन मुलुक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो !
पार्टीको नियमित महाधिवेशन हुँदै थियो ! विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी इत्यादि यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिँड्न सकेको छैन ! हिँड्न पर्ने घस्रन सकेको छैन !
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता सँग मेरो पनि विमति छ ! यसका बारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधीन छन् !
तर प्रक्रियामा काफी विमतिका वाबजुद पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरी हाम्रा बिचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ !
यसका लागि न विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाको एकल निर्णयबाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सबैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ !
तसर्थ विवाद अव आयोग मात्रै होइन अदालत पुगिसक्यो ! अव झगडा अदालतमा छौडौँ ! परिणाम जे आउँछ मान्न तयार बनौँ !
हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि आज घमन्ड त्याग्न तयार बनौँ पार्टीका लागि !
झगडिया अरू कोही होइन हामी एकाघरका हौ !
हिजो भाद्र २४ को उपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराउन सक्छ !
हिजो उम्मेदवारको टिकटमा कसको हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! बाँकीमा अव गगनले गर्नु हुन्छ ! सबैको सहमतिमा उम्मेदवार चयन गरौँ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेदवारको पक्षमा भोट माग्ने वातावरण बनाऔं ! यसका लागि देउवा , गगन, पूर्णबहादुर, शेखर एकठाउँमा अहिलै बस्नुस्! घेराबन्दीबाट बाहिर आउनुहोस् र निर्णय गर्नुहोस् !
त्यसैले बिपी, सुवर्ण, गणेशमान, किसुनजीले बनाएको, गिरिजा प्रसाद, सुशील र शेरबहादुरले हाँकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन् हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख भोट के मा रूखमा !














