ट्रेन्डिङ

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

७ माघ, काठमाडौं । मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् ।

मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् ।

हाल १ हजार ५ सय रिंगिट तलब र ७ सय रिंगिट ‘ओभरटाइम’  गरी २ हजार २ सय रिंगिट कुल तलब पाउने गरेका छन् । बढेको तलब अनुसार सुरक्षा गार्डले २ हजार ४ सय रिंगिट तलब पाउनुपर्ने हुन्थ्यो । तर, बढे अनुसार तलब पाउन नसकेको उनीहरूले गुनासो गरेका छन् ।

‘महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले ड्युटी गर्दा २ हजार २ सय रिंगिट तलब दिने गरेको छ, त्यसमा पनि विभिन्न नाममा काटिएर आउँछ,’ एक सुरक्षा गार्डले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘मलेसियन सरकारले न्यूनतम तलब १५ सयबाट १७ सय पुर्‍याएको छ, तर हामीले पाउँदैनौं ।’

मलेसियामा सुरक्षा गार्डको काम गर्दै देवराज फुयालले ओभरटाइम १ सय २० घण्टाको ५ सय रिंगिटमात्र दिने गरिएको बताए । त्यस्तै मनकुमार सन्बले तोकिएको न्यूनतम तलब नदिनु अन्याय भएको बताए ।

महिनाभरि दैनिक १२ घण्टा काम गरेको तलब २ हजार १ सय रिंगिट दिनुपर्ने हुन्छ । तर, कतिपय कम्पनीले त्योसमेत नदिएको सन्बको भनाइ छ ।

त्यस्तै प्रभु यादवले सुरक्षा गार्डहरूले तलबको कागज समेत नपाउने गरेको बताए । उदास पाख्रिनले सेक्युरिटी कम्पनीहरूले समेत तलब नबढाउने गरेको बताए ।

अर्का पीडित राकेश परियारले मलेसियामा सेक्युरिटीमा धेरै बेथिति रहेको बताए । म्यानपावर कम्पनीहरूले सामाजिक सञ्जालमा २ हजार २ सय रिंगिट तलब भन्दै विज्ञापन गर्ने गरेको तर एकदमै कम दिने गरेको उनको भनाइ छ ।

काम नभएको खण्डमा महिनौंसम्म सुताउने तर एकदिन छुट्टीमा बसेको खण्डमा २ सय रिंगिट काटिदिने गरेको गुनासो उनले गरे ।

दुर्गा मगरले महिनामा ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्दा २ हजार २ सय रिंगिट दिने गरेको तर त्यसमा काटेर २ हजार १ सय २८ रिंगिट मात्रै पाउने गरेको बताए ।

‘नयाँ साथीहरूको २१ सय रिंगिट पनि छ, मलेसियामा सेक्युरिटी गार्डका अनेक दु:ख छन्, हाम्रो गुनासो कसले सुनिदिने हो ?,’ मगरले भने, ‘मलेसियामा सेक्युरिटी गार्ड पठाउन बन्द गरिदिए हुन्छ, दूतावास भन्ने मात्रै हो, हाम्रो गुनासो कहिल्यै सुन्दैन ।’

नेपाली दूतावास मलेसियाका अनुसार तलब १७ सय रिंगिट नै पाउने गरेका छन् । सार्वजनिक बिदामा काम गरेको, अफ–ड्युटी लागेको लगायतमा भने केही समस्या देखिएको दूतावासले जनाएको छ । अरू समस्या बिस्तारै हल हुँदै गए पनि ओभरटाइमको विषयमा केही समय लाग्ने दूतावासका एक अधिकारीले बताए ।

महिनाको ३० दिन नै दैनिक १२ घण्टा काम गर्ने सुरक्षा गार्डहरूको हकमा समेत समस्या देखिएको छ । कतिपय कम्पनीले नियम अनुसार नै काम गरिरहेका छन् । तर, केहीले बिदासमेत नदिने, ओभरटाइम समेत नदिने गरेको पाइन्छ ।

हालसम्म न्यूनतम तलब नै नपाएको भन्ने गुनासो भने नआएको दूतावासका ती अधिकारीको दाबी छ । अहिले बढे अनुसार नै मासिक १ हजार ७ सय रिंगिट नै पाइरहेको उनको भनाइ छ । तर, धेरैजसो सुरक्षा गार्डहरूले न्यूनतम तलब समेत नपाउने गरेको बताउँदै आएका छन् ।

मलेसियामा सेक्युरिटी कम्पनीहरू मार्फत सुरक्षा गार्डहरूलाई काममा लगाउने गरिएको छ । हाल १ हजार १ सय २७ वटा सेक्युरिटी कम्पनी मार्फत काममा लगाउने गरिएको छ । हाल मलेसियामा १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् ।

ती कम्पनीबीच नै प्रतिस्पर्धा हुने गरेको छ । सुरक्षा गार्डले महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्ने कतिपयले मासिक ३ हजार रिंगिट समेत कमाउने गरेका छन् ।

दूतावासले अहिले मागपत्र प्रमाणीकरण गर्ने बेला नै न्यूनतम तलब, ओभरटाइम तथा बिदा लगायत विषयमा कडाइसाथ कार्यान्वयन गर्दै आएको जनाएको छ ।

विगतमा काम नलगाइ २/३ महिनासम्म समेत त्यत्तिकै राखिदिने गरिएको थियो । तर, अहिले त्यो समस्या ९९ प्रतिशत समाधान भइसकेको दूतावासका ती अधिकारीको दाबी छ ।

‘अहिले न्यूनतम तलबमा समस्या देखिएको छैन, कमसेकम बसाएर खुवाएर पनि दिनुपर्छ भन्ने छ,’ दूतावास स्रोतले भन्यो, ‘त्यो कुरामा त हामीले कडाइ गरेका छौं तर ठ्याक्कै ओभरटाइममा चाहिँ  समस्या छ, मेनुफ्याक्चरिङ सेक्टरमा समस्या त्यति छैन, सेक्युरिटीमा छ ।’

दूतावासका जनसम्पर्क अधिकृत जनप्रकाश गिरीले गत शुक्रबारको फेसबुक पेज लाइभ मार्फत सुरक्षा गार्डको तलबको विषयमा देखिएको समस्या समाधानका लागि काम गरिरहेको बताएका थिए ।

‘एकैदिन समस्या समाधान हुँदैन, तपाईंहरूको सपोर्ट पनि चाहिन्छ,  प्रपर कम्प्लेन पनि चाहिन्छ,’ गिरीले भने, ‘हामीले सोध्ने बेला सबै ठिक छ भनेर खबर आउने पनि गरेको छ ।’

अहिले सबै कम्पनीलाई सेक्युरिटी गार्डलाई सातामा एकदिन आराम गर्न दिनुपर्ने भनेर मागपत्र प्रमाणीकरणका बेला नै भनिरहेको उनको भनाइ थियो ।

न्यूनतम तलब मासिक १ हजार ७ सय रिंगिट र एकदिन बिदा दिनुपर्ने भनेको बताए ।

‘धेरै कम्पनीले हुन्छसमेत भनेका छन्, कतिपय कम्पनीले साथीहरू आराम गर्नुस् भन्दा पनि मान्नुहुन्न भन्ने छ,’ गिरीले भने, ‘आराम गर्न नमान्नुको डर, पैसा काट्ने डर भएकाले हो, त्यसका लागि पैसा काट्न मिल्दैन भनेर भनिरहेका हुन्छौं, कम्पनीहरूसँग हाम्रो कुरा भइरहेको छ ।’

नेपाली दूतावासले सुरक्षागार्डको काम गर्ने नेपालीलाई सातामा न्यूनतम एकदिन आराम अनिवार्य गरेको जनाएको छ । तर, आराम गरे कम्पनीले तलब काट्ने डरले नेपाली सुरक्षागार्डले पूरै महिना काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

मलेसियाले कार्यान्वयन गरिरहेको कर्मचारी सञ्चय कोष (ईपीएफ) का लागि मासिक ३५ रिंगिट कट्टा हुने गुनासो पनि उनीहरूको छ । मलेसियामा कर्मचारीलाई अवकाश र अन्य वित्तीय सुरक्षाका लागि बचत जम्मा गर्न अवकाश बचत कोष सञ्चालन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको