काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि एक लाख धरौटी लिएर छोड्न आदेश गरेको हो ।
विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहितलाई ७ करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जना र एक कम्पनीविरुद्ध गत चैत्र २६ गते विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।













