ट्रेन्डिङ

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

पाल्पा — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक विशेष समारोहबीच सुरु भएको छ। प्रतियोगिता वडा नं। २ स्थित कोहल खेलमैदानमा सुरु भएको हो ।

प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हो ।अध्यक्ष कार्कीले आजको दिन रिब्दीकोटका लागि ऐतिहासिक दिनका रूपमा उल्लेख गर्दै खेलकुदप्रतिको आफ्नै प्रतिवद्धता र पालिकाले निरन्तर गर्दै आएको लगानीबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।

उद्घाटन समारोहमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना दिदै,खेलकुद क्षेत्र राजनीतिक स्वार्थभन्दा पर रहेको बताए पालिकाको खेलकुद अभियानले सामाजिक एकता, सौहार्द र समुदायबीचको सम्बन्ध बलियो बनाउनेमा विश्वास व्यक्त गरे। साथै खेलकुदले गाउँपालिकाको समग्र छवि, पहिचान र सम्भावनालाई बाहिर ल्याउने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष झपेन्द्र पचभैयाँ ९दिपक०ले प्रतियोगिताले विद्यार्थी तथा युवामा अनुशासन, सहयोग र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले समितिले विगत देखिनै खेलकुद र पूर्वाधार सुधार, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन तथा प्रतिभावान खेलाडीको पहिचानमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। पचभैयाँले आगामी दिनमा पनि खेलकुदलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउँदै युवालाई आवश्यक अवसर र प्रोत्साहन दिन समितिले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जि।सी।ले विगतमा सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता आज सातौँ संस्करणमा आइपुगेकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रमले गाउँपालिकाको पहिचान, गरिमा र गौरव बढाउन ठूलो योगदान दिएको बताउनुभयो।साथै उहाँले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउन भविष्यमा सबै तहबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, आपसी मैत्री सम्बन्ध र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। रिब्दीकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई योजनाबद्ध रूपमा एकै संरचना भित्र ल्याउँदै स्थानिय शासन सञ्चालन ऐन, २०७४ तथा देशका अन्य सम्बद्ध नीतिहरूले तोकेको दायरा भित्र रहेर खेल अघि बढाइरहेको कानुनी प्रावधान, कार्यविधि र पारदर्शी प्रशासनिक प्रक्रियाअनुसार सञ्चालन गरिएको भन्दै पालिकाले वर्षेनी बजेट, योजना तथा प्रतिवेदनहरूमा खेलकुदलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अगाडी लैजाने कुरामा जोड दिनुभयो ।

शुभकामना मन्तव्य दिदै उपाध्यक्ष कान्ता अधिकारीले खेलकुदलाई विद्यार्थीको समग्र विकाससँग जोड्दै पालिकाले खेलकुद कार्यक्रमहरूलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले खेलकुद केवल मनोरञ्जनका लागि नभई विद्यार्थीको मानसिक, बौद्धिक र सामाजिक विकासको आधार भएको उल्लेख गर्नुभयो साथै पालिकाले निरन्तर दिने सहयोग आगामी दिनमा अझ विस्तारिने बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक विकास गराउने भएकाले पालिकाले थप प्राथमिक क्षेत्रमा राख्दै निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। रिब्दीकोटका युवा, उनीहरूको ऊर्जा र उनीहरूको सम्भावना नै सबैभन्दा ठूलो पूँजी रहेको बताउदै उनीहरूको प्रतिभा पहिचान, विकास र उचाइमा पुर्‍याउन पालिकाले विगत वर्षहरूमा गरेको लगानी आजको यो प्रतिस्पर्धात्मक कार्यक्रम र यस मैदानको पुनर्जीवनले झनै अर्थपूर्ण बनेको छ बताउनुभयो।
उद्घाटन समारोहमा अध्यक्ष कार्कीले नवनिर्मित नयाँ कोहल खेलमैदानको उद्घाटनको गदै भन्नुभयो मैदान निर्माण गर्नु कुनै सहज काम थिएन धेरै मेहनत, योजना र निरन्तर प्रयासपछि मात्र हामी यो मैदान बनाउनेमा सफल भएका छौं। यो प्रयासमा पालिकाका कर्मचारी, शिक्षक, खेलकुद समितिका सदस्य र स्थानीय समुदायले योगदान पुर्‍याएका छन्, जसले गर्दा यो उपलब्धि सम्भव भएको भन्दै सबैलाई धन्यवाद समेत दिनुभयो ।

उद्घाटन कार्यक्रमका कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू,पालिकाका कर्मचारीहरु, युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, पूर्व जनप्रतिनिधि तथा समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो।

रिब्दीकोटमा रहेका १४ वटा विद्यालयको सहभागितमा प्रतियोगिता मंसिर २४ देखि २६ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतिस्पर्धात्मक विधामा विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उत्कृष्ट खेलाडी र विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिने आयोजक समितिले जनाएको छ।

कोहल खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रम वडा नं। २ का वडा अध्यक्ष ओम प्रसाद प्रोखरेलको स्वागत मन्तव्य तथा शिक्षा शाखा प्रमुख टिकाराम आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको