काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन् । गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् । शर्माले नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारी बहन गर्ने र अरु साथीहरूलाई अवसर दिने मनसायले यस्तो घोषणा गरेको बताए । “म ०७० मा चुनाव लडे, ०७४ मा लडे, ०७९ मा सानदार ढंगले जितेको हुँ । स्थानीय तहमा हामी नौ हजारले माइनसमा थियौँ, १४ हजारले जितेका हौँ,” शर्माले भने, “यसपटक पनि हामी चुनाव जित्छौँ । चुनाव जिताउनका लागि म काम गर्नेछु ।”
उनले ०४८ सालदेखि हालसम्म आफ्नो क्षेत्र छोड्न तयार नहुनेहरूका कारण धेरै कार्यकर्ताहरू अवसरबाट बञ्चित भएकाले एउटा राजनीतिक संस्कारको सुरुआतका लागि आफूले निर्णय लिएको बताए ।

















