ट्रेन्डिङ

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

पाल्पा  ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग  (कोइका) को आर्थिक सहयोगमा तिनाउँ गाउँपालिकामा तरकारी तथा फलफूल मूल्य शृङ्खला विकाससम्बन्धी महत्वाकांक्षी परियोजना सञ्चालन हुने भएको छ। कृषकको आम्दानी वृद्धि, उत्पादन वृद्धि तथा कृषि क्षेत्रको व्यवसायिकीकरण गर्ने लक्ष्यसहित ल्याइएको यस परियोजनाले गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 बिहीबार कोइकाको एक विशेषज्ञ टोलीले गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूसँग प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय कृषि अवस्था, उत्पादन क्षमता, बजार पहुँच, कृषकका समस्या तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो  ।

कार्यक्रममा सहायक कृषि विकास अधिकृत हेमन्त कुमार शर्माले परियोजनाले तिनाउँका कृषकहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले आधुनिक कृषि प्रविधि, उत्पादन व्यवस्थापन र प्रभावकारी बजारीकरणमार्फत कृषिमा समृद्धिको आधार तयार हुने बताउनुभयो ।

प्रोजेक्ट म्यानेजर डा. डोङ्ग ह्वाङ किमले परियोजनाअन्तर्गत तरकारी तथा फलफूल खेतीका लागि आवश्यक आर्थिक सहयोग, प्रविधि हस्तान्तरण, उत्पादन, संकलन, भण्डारण, प्रशोधन तथा बजारीकरणसम्मका सम्पूर्ण पक्षमा सहकार्य गरिने जानकारी दिनुभयो । उहाँका अनुसार तिनाउँ गाउँपालिकालाई यसको उच्च कृषि सम्भावना र भौगोलिक अनुकूलताका आधारमा प्राथमिकतामा राखिएको बताउनुभयो ।

त्यस्तै, फिल्ड म्यानेजर जोङ्ग ह्योन सिनले परियोजना करिब ६ वर्षसम्म सञ्चालन हुने जानकारी दिँदै पहिलो चरणमा सम्भाव्यता अध्ययन गरी विस्तृत कार्ययोजना तयार गरिने बताउनुभयो। त्यसपछि क्रमशः उत्पादन वृद्धि, कृषक क्षमता अभिवृद्धि तथा बजार सुदृढीकरणका कार्यक्रमहरू कार्यान्वयन गरिने उहाँले स्पष्ट पार्नुभयो ।

गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउँमा कृषि क्षेत्रलाई दीर्घकालीन विकासको प्रमुख आधारका रूपमा अघि सार्दै उच्च प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार पछिल्ला केही वर्षहरूमा परम्परागत खेती प्रणाली क्रमशः व्यवसायिक र आधुनिकतर्फ रूपान्तरण हुँदै गएको छ, जसले कृषकहरूको आम्दानीमा सकारात्मक प्रभाव पार्न थालेको जानकारी दिनुभयो ।

उहाँले विशेषगरी युवाहरूको कृषितर्फ बढ्दो आकर्षणलाई सकारात्मक संकेतका रूपमा लिँदै गाउँपालिकाले कृषिमा नवप्रवर्तन, प्रविधि प्रयोग तथा उद्यमशीलता विकासमा जोड दिँदै आएको उल्लेख गर्नुभयो । “अबको हाम्रो लक्ष्य केवल उत्पादन बढाउने मात्र होइन, उत्पादनलाई बजारसँग जोड्ने, मूल्य अभिवृद्धि गर्ने र कृषकलाई आत्मनिर्भर बनाउने हो,” उहाँले भन्नुभयो।

अध्यक्ष श्रेष्ठले यस परियोजनामार्फत तिनाउँ गाउँपालिकाले अघि सारेका कृषि विकासका योजनाहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अन्य पालिकाले अझै सोचमै सीमित राखेका कतिपय कामहरू—जस्तै एकीकृत कृषि प्रणाली, व्यवस्थित बजारीकरण, प्रशोधन केन्द्र स्थापना तथा कृषिमा आधारित उद्यम विकास—तिनाउँमा व्यवहारिक रूपमा लागू गरिने स्पष्ट पार्नुभयो  ।

उपाध्यक्ष लाल बहादुर थापाले कृषकहरूको हितका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले कृषक कार्ड वितरण, स्थानीय हाटबजार व्यवस्थापन तथा उत्पादन बिक्रीका लागि सहज वातावरण निर्माण गरिएको बताउनुभयो ।

परियोजनाका संयोजक विष्णु पौडेलले कोइकाको सहयोगमा सञ्चालन हुन लागेको यस परियोजनाले तिनाउँ गाउँपालिकामा कृषि मूल्य शृङ्खलाको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित गर्दै कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो।

तिनाउँ गाउँपालिकामा प्रशस्त खेतीयोग्य जमिन रहेको र त्यसको प्रभावकारी उपयोगमार्फत कृषि आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित परियोजना अघि बढाइने जनाइएको छ। आधुनिक प्रविधिको प्रयोग, सिँचाइ सुधार तथा बजार पहुँच विस्तारमार्फत कृषि क्षेत्रलाई थप सुदृढ बनाइने अपेक्षा गरिएको छ।

 कृषि क्षेत्रलाई केवल जीविकोपार्जनको माध्यम नभई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्ने रणनीति अवलम्बन गरेको छ। यस परियोजनाले आधुनिक प्रविधि, सीप विकास, लगानी तथा बजार पहुँचलाई एकीकृत गर्दै कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउने र समग्र गाउँपालिकाको आर्थिक रूपान्तरणमा टेवा पुग्ने गाउँपालिकाको विश्वास रहेको छ।

समग्रमा, (कोइका) को सहयोगमा तिनाउँ गाउँपालिका मा सञ्चालन हुन लागेको यो परियोजना कृषकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको