वीरगन्ज । छिमेकी मुलुक भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनलाई ध्यानमा राख्दै पर्सा जिल्ला र भारतको पूर्वी चम्पारण जिल्ला जोड्ने सीमा नाकाहरूमा आवागमन बन्द गरिएको छ।
निर्वाचन हुने दिन कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमावर्ती सबै नाकाहरूमा आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला सुरक्षा समितिको निर्णय रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी दिएका छन्। त्यस्तै जिल्ला प्रशासन कार्यालय रौतहटले पनि शुक्रवार एक सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजे देखि २५ गते ६ बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको छ ।



भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोस्रो चरणको विधान सभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् ।
उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्ण रूपमा बन्द हुनेछ ।














