२४ भदौ, काठमाडौं । जेनजी आन्दोलन अझ आक्रामक बनेको छ। मंगलबार बिहानैदेखि निरन्तर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूले आज सिंहदरबारमै प्रवेश गरेका छन्।
प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको कडाइबीच पनि सिंहदरबारको मुख्य गेट तोड्दै भित्र छिरेको प्रहरीले पुष्टि गरेको छ। अचानक भीड आक्रामक बन्दै गएपछि सुरक्षाकर्मीहरूलाई नियन्त्रणमा लिन कठिनाई भएको र केही प्रदर्शनकारीलाई तत्काल नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी आएको छ।



आन्दोलनकारीहरूले लामो समयदेखि राजनीतिक नेतृत्वप्रति असन्तोष जनाउँदै राजधानीमा प्रदर्शन गरिरहेका छन्। यसअघि उनीहरूले विभिन्न नेताका निवास र पार्टी कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका थिए।
आज सिंहदरबारसम्मै प्रवेश भएपछि राजनीतिक हलचल झन् बढेको छ। सिंहदरबार मुलुकको प्रशासनिक केन्द्र भएकाले यस घटनाले सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको विश्लेषण गरिँदैछ।













