
तानसेन । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ नेपाल (CDEN) को ८औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आउँदो भाद्र १४ गते हुँदैछ। यसपटकको निर्वाचनमा पाल्पाली इन्जिनियर समाजलाई गर्व दिलाउने अवसर बनेको छ — पाल्पाको गौरव, युवा अभियन्ता इ. दिनेश भट्टराई केन्द्रीय सदस्य पदका लागि सशक्त उम्मेदवार बनेका छन्।
अध्यक्ष पदका लागि इ. धनेन्द्र के.सी. नेतृत्वमा प्यानल प्रस्तुत गरिएको छ। सो प्यानलले व्यावसायिक मर्यादा, पारदर्शिता, लोकतान्त्रिक मूल्य र इन्जिनियरहरूको हकहितलाई पहिलो प्राथमिकता दिने स्पष्ट संकल्प गरेको छ। प्यानलमा उपाध्यक्षमा इ. सागर शम्शेर शाहि, महासचिवमा इ. भुपेन्द्र श्रेष्ठ, उप–महासचिवमा इ. सन्तोष नेपाल, कोषाध्यक्षमा इ. रस्मिता बञ्जारा रहेका छन्। पाल्पाको प्रतिनिधित्व गर्दै इ. दिनेश भट्टराई यसै सबल टिममा पाल्पाली इन्जिनियर इ. दिनेश भट्टराई केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्।



विभिन्न सामाजिक, प्राविधिक र संस्थागत गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भट्टराईलाई सहकर्मी इन्जिनियरहरूले इमानदार, सक्रिय र व्यवहारिक अभियन्ताका रूपमा लिएका छन्। इ. भट्टराईले आफ्नो उम्मेदवारीबारे धारणा व्यक्त गर्दै भने, “प्रविधि, इमानदारी र लोकतान्त्रिक मूल्यलाई आधार बनाएर, इन्जिनियर समाजलाई अझ सबल र उत्तरदायी बनाउन प्रतिबद्ध छु। संगठनलाई व्यावसायिक दृष्टिले सक्षम बनाउँदै, सदस्यहरूको आवाजलाई नीतिगत तहमा पुर्याउने मेरो प्राथमिक लक्ष्य हुनेछ।” उनले पाल्पालगायत देशभरका इन्जिनियरहरूलाई आफ्नो प्यानललाई मत दिएर विजयी गराइदिन हार्दिक अपील गरेका छन्।
प्यानलका अन्य सदस्यहरू प्यानलमा सदस्य पदका लागि इ. बिरेन्द्र बहादुर चन्द, इ. दिपा पौडेल, इ. अभिषेक पाण्डे, इ. सुवर्ण सुवेदी, इ. सरिना बराही, इ. शिशिर बस्नेत, इ. अनुप भट्टराई, इ. प्रेरणा ओली, अ. युगन्तर पौडेल, इ. रवि कुमार साह, इ. कमलेश दवाडी र इ. तिलोकि नाथ शाह रहेका छन्।
लोकतान्त्रिक मूल्यसहितको संगठन निर्माण पाल्पाली इन्जिनियर भट्टराईले आफू र आफ्नो टिमले भविष्यमा संस्थागत पारदर्शिता, सदस्यमैत्री कार्यशैली, युवा इन्जिनियरलाई अवसर दिने नीति, प्राविधिक क्षमता अभिवृद्धि र व्यावसायिक सुरक्षामा विशेष ध्यान दिने बताएका छन्। उनले थपे, “हामी सबै इन्जिनियरहरूको साझा मञ्चलाई बलियो बनाउँदै आगामी पुस्ताका लागि पारदर्शी र जवाफदेही संगठन तयार गर्ने हाम्रो ध्येय हो। यसका लागि तपाईँहरूको अमूल्य विश्वास र मतको आशीर्वाद अपरिहार्य छ।” चुनावी माहोल तातिँदै निर्वाचन नजिकिँदै जाँदा देशभरका इन्जिनियर र आर्किटेक्ट समुदायमा चुनावी सरगर्मी बढ्दै गएको छ। उम्मेदवारहरूले विभिन्न स्थानमा पुगेर घोषणापत्र प्रस्तुत गर्दै समर्थनका लागि अपील गरिरहेका छन्। यसैबीच पाल्पाली इ. दिनेश भट्टराईको उम्मेदवारीले पाल्पाको गौरवलाई राष्ट्रिय स्तरमा पु¥याउने विश्वास स्थानीय इन्जिनियरहरूले व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, “पाल्पाबाट जाने प्रतिनिधि इमानदार, सक्रिय र परिणाममुखी हुनु आवश्यक छ, र त्यो व्यक्तित्व इ. दिनेश भट्टराई नै हुनुहुन्छ।” अन्तिम अपील प्यानलले अन्त्यमा सबै सदस्यलाई एकताबद्ध भएर संस्थाको सुदृढीकरणमा हातेमालो गर्न आह्वान गर्दै “जय इन्जिनियर! जय लोकतन्त्र!! जय नेपाल”भन्ने नारा दिएको छ।