
“मन स्वस्थ रहे जिवन स्वस्थ रहन्छ” भन्ने मुलधार सहित पाल्पा जेसिजले माथागढि –१, बुढिकोट स्थित श्री आदर्श आधारभूत बिवद्यालयमा मिती २०८२ साल असार १६ गते ९ शिक्षकशिक्षिका सहित २० जना विद्यार्थीहरुको सहभागितामा मनोसामाजिक मनोविमर्श अभिमूखिकरण कार्यक्रम सफलताका साथ आयोजना गर्येा। पाल्पा जेसिजका अध्यक्ष जेसी विवेक काजी शाक्यको अध्यक्षता, विद्यालयकी प्रधानाध्यापक गिरीजा पाण्डेको प्रमूख अतथ्यिता र पाल्पा जेसिजका थिम डाइरेक्टर जेसी निजाम दीन मियाको संयोजकत्वमा आयोजित उक्त अभिमूखिकरण कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो पाल्पा जेसिजकी उपाध्यक्ष जेसी कला दाहालले जो लामो समय देखि प्रशिक्षकको रुपमा काम गर्दै आइरहनुभएको छ ।
दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरुले गर्दा व्यक्तिको मन, शरिर र दिमागसँगको तालमेल बिग्रिने र मनोसामाजिक समस्याहरु उत्पन्न हुन्छ त्यस्तै विद्यालयमा शिक्षकशिक्षिकाहरुले पनि यि यस्ता विषयहरुमा सचेत भए मात्र विद्यार्थीहरुको मनोभाव बुझ्न सक्ने र सोही अनुरुप विद्यार्थीहरु सँगको सम्बन्ध कायम गर्ने सक्ने जस्ता विषयहरुमा अभिमूखिकरण कार्यक्रममा प्रशिक्षक कला दाहालले जोड दिनु भएको थियो ।



विभिन्न भावनात्मक संवेग, पारिवारिक वा सामाजिक कारणहरुले गर्दा हुने छटपटि, तनाव व्यवस्थपनको लागि यस किसिमका अभिमूखिकरण कार्यक्रमहरु शिक्ष्कशिक्षिका र विद्यार्थीहरुलाई एकदमै महत्वपूर्ण रहेको कुरा विद्यालयकी प्रधानाध्यापकले बताउनु भयो । पाल्पा जेसिजका अध्यक्ष जेसी अध्यक्षले पनि कार्यक्रमको प्रभावकारितालाई प्रस्ट्याउँदै फेरी फेरी पनि सहयोगका साथ उक्त विद्यालयमा जाने जाने प्रतिवद्धता जनाउनु भएको थियो । पाल्पा जेसिजका पूर्व अध्यक्ष जेसी अच्यूत खनाल पनि उपस्थित हुनुभएको उक्त कार्यक्रम पाल्पा जेसिजका बर्ष २०२५ का महासचिव जेसी गणेश पन्थीले संचालन गर्नु भएको थियो ।