
पाल्पा । पारिवारीक निजी बन संघ पाल्पा शाखाको आयोजनामा जलवायु उत्थानशीलताको लागि तीन दिने क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी तानसेनमा चलिरहेको छ ।
कार्यशालाको उद्घाटन गर्दै पारिवारीक निजी बन संघ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले सरकारले आफ्ना निजी तथा कार्यक्रमहरुमा पारिवारीक निजी बन लाई समेटेर लैजानु पर्नेमा जोड दिनुभएको छ ।



अहिले देशभरीका पालिकाहरुले बजेट बनाईरहेका छन त्यसमा पारिवारीक निजी बन नसम्ट्ने हो भने त्यो अधुरो नै रहने उहाँको ठहर छ ।
सो अवसरमा वोल्दै पारिवारीक निजी बनका संस्थापक पाल्पा जिल्ला अध्यक्ष एकप्रसाद भण्डारीले आफूहरुले पारिवारीक निजी बनाउन जिल्लामा खेलेको भूमिकाको बारेमा चर्चा गर्दै मानिसहरुलाई बनको वारेमा वुझाउदा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताउनु भयो ।
कार्यक्रममा सामुदायिक बन महासंघका(फेकोफन) लुम्विनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले सामुदायिक बन महासंघ र निजी बनले किसानहरुको आर्थिक आयआर्जनको लागि काम गरिरहेको बताउनुभयो ।