
अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–३ मा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका खनाल र रिजाललाई जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।


