
गुल्मी । राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको आफ्नै भवन निर्माण भएको छ । जिल्ला सदरमुकाम तम्घासमा नवनिर्मित भवनको राष्ट्रिय अनुसन्धान मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको एउटा कोठामा सिमित रहेको राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको आफ्नै भवन निर्माण भएको हो । भवन निर्माण भएसँगै कार्यालय तथा सेवा प्रवाहमा सहज भएको छ ।



नवनिर्मित भवन उद्घाटन कार्यक्रममा निर्माण कार्य गर्ने निर्माण व्यवसायी जोग्मा एण्ड डिएनडी जेभी कम्पनी भोजप्रसाद श्रेष्ठ र सहरी विकास तथा भवन कार्यालय, रूपन्देहीका इन्जिनियर घनश्याम यादव सहित विभिन्न कार्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला जनार्दन गौतम सहित स्थानीय जनप्रनिधि तथा कार्यलय प्रमुखको सहभागिता रहेको थियो ।