
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो ।
लामिछाने कार्यालय पुग्दा पार्टी पंति तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । बैठकमा बस्नुपुर्व लामिछानेले सबैलाई एकमुष्ट सम्वोधन गरे । उनले आक्रामकरुपमा आफ्नो भनाइहरु राख्दा समर्थकले ताली बजाएर समर्थन जनाएका थिए ।



रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले गणतन्त्रवादी दलहरुलाई ईंगित गर्दै उनीहरुले लोकतन्त्र र गणतन्त्रको खोल मात्र ओढेको बताए ।
बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने पनि पुगेका छन् । सहकारी ठगी मुद्दामा प्रहरीले पक्राउ गरेपछि कार्यबाहक सभापतिको डीपी अर्याललाई तोकिएको थियो ।
पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार आजको बैठकको नेतृत्व सभापति लामिछानेले गरेका छन् ।