
पोखरा । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं। १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आसपासका स्थानीयहरूको जमिनमा कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो
बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमि पुजन रोक्न खोजेपछि दुवै पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । त्यसपश्चात् पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडा अध्यक्षहरू कार्यपालिकाको सदस्यहरू, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दु महासङ्घका प्रतिनिधी, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।



उक्त समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं। ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं। १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर ९शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति० को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ ।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि आयोजक मानव सेवा फाउण्डेसन नेपाल उक्त्त ठाउँमा कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।
पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति ,समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात् अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।
आइतबार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल बिकास समितिका प्रतिनिधिहरु,स्थानिय सङ्घसंस्थाका प्रतिनिधिहरू उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए । त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।