ट्रेन्डिङ

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिनासम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अनुसन्धान कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन, सेवा प्रवाहमा थप सहजता

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गरिने

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली चैत २७ अर्घाखाँचीको आउँदै

लुम्बिनीमा ९४,९०८ परीक्षार्थी परीक्षा दिन तयार, मुख्यमन्त्रीको धैर्य र आत्मविश्वासको सन्देश

अहिलेको सरकार विकास र जनताको हितमै केन्द्रित छ : उपप्रधानमन्त्री सिंह

चन्द्रकोट गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

“मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको दर्दनाक मृत्यु”

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको नेतृत्व परिवर्तन, नयाँ पदाधिकारीहरूद्वारा शपथ ग्रहण

रिब्दीकोटले बेसार खेती गर्ने कृषकलाई राहत दिन न्यूनतम मूल्य, तोक्यो

७३ औं वार्षिकोत्सवमा सौभाग्य माविले गर्याे उत्कृष्ट शिक्षक सम्मान

भवानी मा.वि. कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिब्दीकोटको देउराली र ख्याहाको जंगलमा डढेलो,निभाउने प्रयास जारी

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले

पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण

औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह: व्यवस्थित सेवा प्रतिबद्धता

पूर्वखोला पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सव सुरु :महामन्त्री थापा द्धारा उद्‌घाटन

वडा नं. ९ रामपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न, स्थानीयवासीले लिए विभिन्न सेवा

आज प्रजातन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

त्रिभुवन बहुमुखी क्याम्पसमा राष्ट्रप्रेमी सुशिल बस्याल द्वारा राष्ट्रिय झण्डा हस्तान्तरण

“पूर्वराजाको अपिल: ‘अब सबै देशवासीले हामीलाई साथ दिने समय आयो, राष्ट्रको भविष्य बचाउन एकजुट बनौं'”

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, वैशाख ११ देखि [तालिकासहित]

शाइन रेसुङ्गा बैंकद्वारा मालारानीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवर्द्धनका लागि ‘होमस्टे’ सञ्चालन

कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि सुरु हुने

गुल्मीको इश्मामा डोजरले फालेको ढुंगाले लाग्दा विद्यार्थीको दुखद निधन

आज प्रधामन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई बिशेष सम्बाेधन गर्दै

सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घट्यो

आँगनमा खेल्दै गरेका बालकलाई चितुवाले लग्यो, जँगलमा मृत फेला

पाणिनी तपोभूमि सम्मेलन: धार्मिक एवं सांस्कृतिक महत्व उजागर गर्न छलफल

पाल्पामा ईभी र मोटरसाइकल ठोक्किँदा २ घाइते,घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

लुम्बिनी-गण्डकी साझेदारी: रणनीतिक विकासका लागि २१ बुँदे सहमति

लुम्बिनी प्रदेशमा एचपीभी खोप अभियान: २ लाख ६२ हजार किशोरीलाई एच.पि.भि. खोप दिईँदै

तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत डाँगी, बुझे एकै दिन ९७ हजारसम्म भत्ता

प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कृष्ण कार्की

पूर्वखोलामा शैक्षिक योजना निर्माण गर्न विज्ञहरूसँग अनुभव साटासाट

माझी समुदायसँग प्रेस युनियन पाल्पाको अन्तरक्रिया : आवाज, अवसर र चुनौतीबारे छलफल

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सरकार स्वेच्छाचारी ढंगले शासन गर्दै छ – वर्षमान पुन

लुम्बिनी प्रदेश सरकारले अब टुक्रे योजना बनाउँदैन : मुख्यमन्त्री आचार्य

अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी

पाणिनीमा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न : उपाधि हरिहर मावि पोखराथोकलाई

पाणिनीमा महाशिवरात्रको दिन खुल्ला भजन प्रतियोगिता हुने, विजेतालाई ३३ हजार पुरस्कार

माथागढीमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियाेगिता सुरू

अबदेखि बुटवल-लुम्बिनी सिधा बस

संघिय सरकारले महानगरलाई प्रमुख प्रशासकीय अधिकृत दिन ढिलाइ : अधिकृत नपाउँदा बिकास निर्माणमा बाधा

प्रधानमन्त्रीले गरे बालुवाटारबाटै पाल्पा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो, यी हुन् सनाखत भएका चार नेपाली

रिब्दीकोटले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न ५० दिने सडक मर्मत तालिम सुरु गर्यो

रिब्दीकोट ५ कुसुमखोलाकी भूम कुमारी आलेको हत्याको आरोपमा अभियुक्त साढे दुई वर्षपछि पक्राउ

अब घरमै बसेर कम्पनी र भ्याट दर्ता गराउन सकिने : प्रधानमन्त्री ओली

माथागढीमा घुम्ती शिविरबाट साढे तीन हजारभन्दा बढीले लिए सेवा

रैनादेवी छहरा गाउँपालिकामा पाँचौँ अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न :दुवै उपाधि छहरालाई

सबै एक भएर विकास र समृद्धिका लागी जुटौँ

रैनादेवी छहराकाे पाँचौ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

लुम्बिनी प्रदेसभा बैठक आज बस्दै : के-के छन् कार्यसूची ?

लुम्बिनी प्रदेश प्रमुखद्वारा निजामति सेवा ऐन २०८० प्रमाणिकरण

अन्धकारमुक्ति द्वारा रामपुर अस्पताल र इलाका प्रहरी कार्यालयलाई बलाङ्केट प्रदान

शहीद बहुमुखी क्याम्पसको महायज्ञमा श्रद्धालुभक्तजनबाट उत्साहजनक दान सङ्कलन हुँदै

रामपुरमा व्याज अनुदानमा ९७ जना युवा लाभान्वित, रु एक करोड एघार लाख बढी लगानी

एकीकृत घुम्ती शिविरले निस्दीका कृषक उत्साहित

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण

रम्भाको घुम्ती शिविरमा पाँच हजार बढीले लिए सेवा

आजदेखि ‘जय ट्रफी मेन्स एलाइट कप’ क्रिकेट

पत्रकार पुडासैनीकाे निधन

पार्टीलाई बलियो बनाउन एकता आवश्यक : काँग्रेस नेता रज्जाक

गुल्मीको चन्द्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउदै

पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

हुमाकान्त पोखरेल
गुल्मी। गुल्मीमा करोडौ मूल्य पर्ने सरकारी गाडी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, बन कार्यालय, गुल्मी अस्पताल लगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् । मोटरसाइकल, डोजर, चारपाङ्ग्रे सवारी, एम्बुलेन्स लगायतका सवारी प्रयोगविहिन अवस्थामा छन् । जसमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेख समेत छैन ।

घाँस पलाएको डोजर
२०६८ सालदेखि नेपाल टेलिकम, गुल्मीको कार्यालय अगाडी चेनवाला बुल डोजर अलपत्र छ । ०६८ सालसम्म तत्कालिन जिल्ला विकास समिति गुल्मीले चलाएको डोजरले गुल्मीका थुप्रै सडक खन्यो । तर पछि काम नलाग्ने भएपछि तत्कालिन जिल्ला प्रशासन कार्यालयले टेलिकमअगाडी डोजर ल्याएर राखेको थियो ।

‘सुरुमा एक हप्ताको लागि राखिएको थियो, तर पछि लगेनन् ।’ टेलिकमका निमित्त प्रमुख शकंर मरासिनीले भने । डोजरका अधिकाशं काम लाग्ने सामग्रीहरु भने चोरी भएका छन् । अहिले डोजरलाई विभिन्न प्रजातीका घाँसपातले भरिएको छ भने डोजर पनि निकै नै जिर्ण अवस्थामा रहेको छ ।

डोजरको हालको मुल्य डेढ करोड रुपैँया पर्ने निर्माण व्यवसायी विजय खनाल बताउछन् । ‘अहिले यसको उत्पादन सायद बन्द छ, उ बेला पनि यो (डोजर) कम्तिमा ६० लाखको हो ।’ खनालले भने । डोजरको नम्बर प्लेटदेखि अन्य अभिलेख कतै पनि भेटिएको छैन ।

समन्वय समितिमा मात्रै चारवटा बिग्रीएका गाडी
जिल्ला समन्वय समितिको प्राङ्गणमा चारवटा सवारी निकै जिर्ण र अलपत्र अवस्थामा छन् । समन्वय समितिको कुनामा बा १ झ ६६० र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभर कम्पनीका गाडी थन्किएका छन् । ०६० असौज १० मा गार्डेपबाट तत्कालिन जिविसलाई हस्तान्तरण भएका गाडी अहिले प्रयोगबिहीन भएका हुन् ।

दुवै गाडीको मूल्य तत्कालिन समयमा ८० लाखको अनुमान गरिएपनि हालको मूल्य भने करिब तीन करोड पर्छ । दुवै गाडीको वरिपरि घाँस उम्रिएको छ । समन्वय समितिकै अगाडीपट्टी बा १ झ ६६० नम्बरको गाडी पनि प्रयोगबिहीन अवस्थामा छ । करिब नौ लाख खर्चिए उक्त सवारी बन्छ पनि ।

तर बनाइएको छैन । उक्त सवारीको पनि हालको मूल्य करिब एक करोड ५० लाखभन्दा बढी पर्ने अनुमान गरिएको छ । समन्वय समितिकै प्राङ्गणमा नम्बर प्लेट नै नभएको कालो रङको सवारी छ । उक्त सवारी कति समयदेखि त्यहाँ छ भन्नेसमेत उल्लेख नभएको गाडी पनि निकै जिर्ण भएको छ । ल्यान्डरोभर कम्पनीको उक्त गाडीको हालको नयाँ मूल्य डेढ करोड परेपनि खरिद मूल्यको अभिलेख भने कतै भेटिदैन ।

मोटरसाइकलको पनि अवस्था उस्तै
गुल्मीमा डोजर र चारपाङ्ग्रे सवारी मात्र होइन्, सरकारी मोटरसाइकलको पनि उस्तै अवस्था छ । समन्वय समितिमै यमाहा कम्पनीको दुई लाख ५० हजार मूल्यको मोटरसाइकल प्रयोगबिहीन अवस्थामा छ । जिल्ला बन कार्यालयमा बा १ ब ७६४५ नम्बरको होन्डा कम्पनीको मोटरसाइकल थन्किएर बसेको छ । कार्यालयकै एक कर्मचारीका अनुसार उक्त मोटरसाइकल करिब १८ बर्षदेखि प्रयोगबिहीन अवस्थामा छ । उक्त मोटरसाइकलको मूल्य हालको अवस्थामा करिब छ लाख पर्छ ।

कृषि ज्ञान केन्द्रका पाँच र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तीन मोटरसाइकल अलपत्र छन् । ज्ञान केन्द्रको नाममा रहेको लु १ ब ९४७, बा २ ख १६७७, लु १ ब ९४७, लु १ ब २७८ र लु १ ब २७९ नम्बरका मोटरसाइकल एकदमै जिर्ण अवस्थामा छन् । अधिकाशं यमाहा कम्पनीका मोटरसाइकलको हालको मूल्य तीन÷तीन लाखका दरले हिसाब गर्दा करिब १५ लाखका मोटरसाइकल ज्ञान केन्द्रका नाममा रहेको कार्यालयका सूचना अधिकारी शिव बञ्जाडेले जानकारी दिए ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा बा २ ख ६२८८, लु १ ब ९०० र बा १ ब ९३९९ नम्बरका यमाहा कम्पनीका मोटरसाइकल प्रयोगबिहीन छन् । जसमध्ये बा १ ब ९३९९ नम्बरको मोटरसाइकल करिब २५ बर्ष पुरानो हो ।
गुल्मी अस्पतालका दुई एम्बलेन्समा घाँस उम्रिएको छ । सिमिचौरमा सातबर्ष पहिले दुर्घटनामा परेको लु १ झ २७९ नम्बरको एम्बलेन्सलाई मर्मत गर्नुको सट्टा चौरमा राखिएको छ ।

अस्पतालमै रहेको लु १ झ २३५ नम्बरको एम्बलेन्सको थप विवरण कतै छैन । दुवै एम्बलेन्सको हालको मूल्य भन्सार छूट गर्दा करिब २५ लाख पर्छ । उक्त एम्बलेन्सको व्यवस्थापनबारे कसैले चासो नदिदा अलपत्र जस्तै छन् । गुल्मीको मदाने गाउँपालिका सिर्सेनी र पुर्कोट दहमा पनि सरकारी नम्बर प्लेटका दुई एम्बुलेन्स प्रयोगबिहीन अवस्थामा छन् ।

पुर्कोट दहमा दुई बर्ष र सिर्सेनीमा चार महिनादेखि एम्बलेन्स प्रयोगबिहीन अवस्थामा पुगेका हुन् । यसरी हेर्दापनि गुल्मीमा करिब आठ करोड ५० लाखमूल्य भन्दा बढीका सरकारी सवारीसाधन अलपत्र अवस्थामा छन् ।

संघीय सरकारले नै कानुन बनाउनुपर्छ
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार हाल जिल्लामा लिलाम गर्नुपर्ने चारवटा गाडी, ३८ वटा मोटरसाइकल छन् । जिल्लामा ल्यापटप, कम्युटर लगायतका सामग्री पनि लिलाम गर्नुपर्ने अवस्थाका छन् । तर तिनिहरुको लिलामी प्रक्रिया भने अगाडी बढिसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले जानकारी दिए ।

आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलामबिक्रिसम्बन्धी व्यवस्था गरिएको छ । ‘लिलामी प्रक्रिया सुरु गर्न हाम्रो कानुननले नदिदो रहेछ ।’ उनले भने, ‘जिल्लाका सवारीको लिलामी गर्न संघीय सरकारले नै कानुन बनाउनुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको