ट्रेन्डिङ

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

हुमाकान्त पोखरेल
गुल्मी। गुल्मीमा करोडौ मूल्य पर्ने सरकारी गाडी अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, बन कार्यालय, गुल्मी अस्पताल लगायतका कार्यलयमा सरकारी सवारी साधन अलपत्र अवस्थामा रहेका हुन् । मोटरसाइकल, डोजर, चारपाङ्ग्रे सवारी, एम्बुलेन्स लगायतका सवारी प्रयोगविहिन अवस्थामा छन् । जसमध्ये कतिपयको सरकारी कार्यालयमा अभिलेख समेत छैन ।

घाँस पलाएको डोजर
२०६८ सालदेखि नेपाल टेलिकम, गुल्मीको कार्यालय अगाडी चेनवाला बुल डोजर अलपत्र छ । ०६८ सालसम्म तत्कालिन जिल्ला विकास समिति गुल्मीले चलाएको डोजरले गुल्मीका थुप्रै सडक खन्यो । तर पछि काम नलाग्ने भएपछि तत्कालिन जिल्ला प्रशासन कार्यालयले टेलिकमअगाडी डोजर ल्याएर राखेको थियो ।

‘सुरुमा एक हप्ताको लागि राखिएको थियो, तर पछि लगेनन् ।’ टेलिकमका निमित्त प्रमुख शकंर मरासिनीले भने । डोजरका अधिकाशं काम लाग्ने सामग्रीहरु भने चोरी भएका छन् । अहिले डोजरलाई विभिन्न प्रजातीका घाँसपातले भरिएको छ भने डोजर पनि निकै नै जिर्ण अवस्थामा रहेको छ ।

डोजरको हालको मुल्य डेढ करोड रुपैँया पर्ने निर्माण व्यवसायी विजय खनाल बताउछन् । ‘अहिले यसको उत्पादन सायद बन्द छ, उ बेला पनि यो (डोजर) कम्तिमा ६० लाखको हो ।’ खनालले भने । डोजरको नम्बर प्लेटदेखि अन्य अभिलेख कतै पनि भेटिएको छैन ।

समन्वय समितिमा मात्रै चारवटा बिग्रीएका गाडी
जिल्ला समन्वय समितिको प्राङ्गणमा चारवटा सवारी निकै जिर्ण र अलपत्र अवस्थामा छन् । समन्वय समितिको कुनामा बा १ झ ६६० र बा १ झ ६६८१ नम्बरको ल्यान्डरोभर कम्पनीका गाडी थन्किएका छन् । ०६० असौज १० मा गार्डेपबाट तत्कालिन जिविसलाई हस्तान्तरण भएका गाडी अहिले प्रयोगबिहीन भएका हुन् ।

दुवै गाडीको मूल्य तत्कालिन समयमा ८० लाखको अनुमान गरिएपनि हालको मूल्य भने करिब तीन करोड पर्छ । दुवै गाडीको वरिपरि घाँस उम्रिएको छ । समन्वय समितिकै अगाडीपट्टी बा १ झ ६६० नम्बरको गाडी पनि प्रयोगबिहीन अवस्थामा छ । करिब नौ लाख खर्चिए उक्त सवारी बन्छ पनि ।

तर बनाइएको छैन । उक्त सवारीको पनि हालको मूल्य करिब एक करोड ५० लाखभन्दा बढी पर्ने अनुमान गरिएको छ । समन्वय समितिकै प्राङ्गणमा नम्बर प्लेट नै नभएको कालो रङको सवारी छ । उक्त सवारी कति समयदेखि त्यहाँ छ भन्नेसमेत उल्लेख नभएको गाडी पनि निकै जिर्ण भएको छ । ल्यान्डरोभर कम्पनीको उक्त गाडीको हालको नयाँ मूल्य डेढ करोड परेपनि खरिद मूल्यको अभिलेख भने कतै भेटिदैन ।

मोटरसाइकलको पनि अवस्था उस्तै
गुल्मीमा डोजर र चारपाङ्ग्रे सवारी मात्र होइन्, सरकारी मोटरसाइकलको पनि उस्तै अवस्था छ । समन्वय समितिमै यमाहा कम्पनीको दुई लाख ५० हजार मूल्यको मोटरसाइकल प्रयोगबिहीन अवस्थामा छ । जिल्ला बन कार्यालयमा बा १ ब ७६४५ नम्बरको होन्डा कम्पनीको मोटरसाइकल थन्किएर बसेको छ । कार्यालयकै एक कर्मचारीका अनुसार उक्त मोटरसाइकल करिब १८ बर्षदेखि प्रयोगबिहीन अवस्थामा छ । उक्त मोटरसाइकलको मूल्य हालको अवस्थामा करिब छ लाख पर्छ ।

कृषि ज्ञान केन्द्रका पाँच र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तीन मोटरसाइकल अलपत्र छन् । ज्ञान केन्द्रको नाममा रहेको लु १ ब ९४७, बा २ ख १६७७, लु १ ब ९४७, लु १ ब २७८ र लु १ ब २७९ नम्बरका मोटरसाइकल एकदमै जिर्ण अवस्थामा छन् । अधिकाशं यमाहा कम्पनीका मोटरसाइकलको हालको मूल्य तीन÷तीन लाखका दरले हिसाब गर्दा करिब १५ लाखका मोटरसाइकल ज्ञान केन्द्रका नाममा रहेको कार्यालयका सूचना अधिकारी शिव बञ्जाडेले जानकारी दिए ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका नाममा बा २ ख ६२८८, लु १ ब ९०० र बा १ ब ९३९९ नम्बरका यमाहा कम्पनीका मोटरसाइकल प्रयोगबिहीन छन् । जसमध्ये बा १ ब ९३९९ नम्बरको मोटरसाइकल करिब २५ बर्ष पुरानो हो ।
गुल्मी अस्पतालका दुई एम्बलेन्समा घाँस उम्रिएको छ । सिमिचौरमा सातबर्ष पहिले दुर्घटनामा परेको लु १ झ २७९ नम्बरको एम्बलेन्सलाई मर्मत गर्नुको सट्टा चौरमा राखिएको छ ।

अस्पतालमै रहेको लु १ झ २३५ नम्बरको एम्बलेन्सको थप विवरण कतै छैन । दुवै एम्बलेन्सको हालको मूल्य भन्सार छूट गर्दा करिब २५ लाख पर्छ । उक्त एम्बलेन्सको व्यवस्थापनबारे कसैले चासो नदिदा अलपत्र जस्तै छन् । गुल्मीको मदाने गाउँपालिका सिर्सेनी र पुर्कोट दहमा पनि सरकारी नम्बर प्लेटका दुई एम्बुलेन्स प्रयोगबिहीन अवस्थामा छन् ।

पुर्कोट दहमा दुई बर्ष र सिर्सेनीमा चार महिनादेखि एम्बलेन्स प्रयोगबिहीन अवस्थामा पुगेका हुन् । यसरी हेर्दापनि गुल्मीमा करिब आठ करोड ५० लाखमूल्य भन्दा बढीका सरकारी सवारीसाधन अलपत्र अवस्थामा छन् ।

संघीय सरकारले नै कानुन बनाउनुपर्छ
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार हाल जिल्लामा लिलाम गर्नुपर्ने चारवटा गाडी, ३८ वटा मोटरसाइकल छन् । जिल्लामा ल्यापटप, कम्युटर लगायतका सामग्री पनि लिलाम गर्नुपर्ने अवस्थाका छन् । तर तिनिहरुको लिलामी प्रक्रिया भने अगाडी बढिसकेको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले जानकारी दिए ।

आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलामबिक्रिसम्बन्धी व्यवस्था गरिएको छ । ‘लिलामी प्रक्रिया सुरु गर्न हाम्रो कानुननले नदिदो रहेछ ।’ उनले भने, ‘जिल्लाका सवारीको लिलामी गर्न संघीय सरकारले नै कानुन बनाउनुपर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको