
अर्घाखाँची आगामी चैत २७ गते, प्रधानमन्त्री केपी शर्मा ओली पाणिनि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँची जिल्लामा आउनुहुनेछ। पाणिनि गाउँपालिकाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय महत्व बोकेको पाणिनि तपोभुमिको प्रचारप्रसार र स्तरवृद्धी गर्न चैत २७ र २८ गते पाणिनि सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री केपि शर्मा ओलि आउनेहुने भएको हाे ।
चैत २७ गते सम्मेलनको उद्धघाटन गर्न प्रधानमन्त्री ओलि पाणिनि तपोभुमिमा आउने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानाकारी दिनुभएको छ । पाणिनी गाउँपालिकामा रहेको देसका उत्कृष्ट सय गन्तव्य मध्येको पाणिनि तपोभुमी क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस स्थानको बिकासका लागि सम्मेलन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेलेले बताउनुभयो । देश तथा बिदेसबाट थुप्रै साधु सन्त र धार्मिक ब्याक्तित्वहरु सहित हजारौंको सङ्ख्यामा उपस्थिति रहने अनुमान गरिएको सम्मेलनमा पाणिनिमा रहेका दुर्वाशेश्वर गुफा, सिद्धेश्वर गुफा, मालिका मन्दिर लगायतका धार्मिक पर्यटकीय सम्भावना भएका क्षेत्रको पनि प्रचारप्रसारमा टेवा पुग्ने बिश्वास रहेको गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले बताउनुभएको छ।



सम्मेलनको तयारी स्वरूप गाउँपालिकाले जनभेटघाट तथा छलफलहरुलाई समेत तिव्रता दिएको छ । साथै विभिन्न उपसमितिहरु समेत निर्माण गरिसकेको छ ।