ट्रेन्डिङ

रामपुरका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

सेवा जनताकै दैलोमा’ अभियान सफल, रामपुरको घुम्ती शिविरमा उत्साहजनक सहभागिता

आज २०८३ जेठ १९ गते मंगलबार: गणेश भगवानकाे दिन, यस्ताे छ आजको राशिफल

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

माथागढीको कसेनीमा कृषिको महाकुम्भः माटोदेखि गोबर परीक्षणसम्म

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

“उपाध्यक्षसँग विद्यालय कार्यक्रम” आज शारदा माविमा, सबै तयारी पूरा :अभिभावकदेखि जनप्रतिनिधि सम्मको उल्लेखनीय सहभागिता रहने

आज वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

देशभरका मालपोत कार्यालयका सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

पाल्पा, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टहरुलाई सुविधा दिने विषयमा सरकारलाई थाहा नभएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी सरकारले विधेयक ल्याउन लागेको भन्ने समाचार आएकाले त्यस विषयमा सरकारलाई नै थाहा नभएको बताएका हुन् ।

मन्त्री सिंहले सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई सुविधा दिन लागेको छ भन्ने कुरा आएकाले त्यो हल्ला भएको उल्लेख गरे । उनले भने ‘अहिले हामी सरकारमा छौं,तर हामीलाई नै थाहा छैन्, अब कुन सरकारको समयमा के आवश्यकता परेर ल्याउने कुरा भएको होला, त्यो कुरा अहिले ल्याएर दललाई अफठ्यारो पार्न खोजिएको हुन सक्छ, त्यो त भएन नि, यो सबैले बुझ्न जरुरी छ ।’ मन्त्री सिंहले वर्तमान सरकारले नागरिकका पक्षमा केन्द्रित रहँदै आशा जगाउने काम गरिरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गरे । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सिर्जना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन् भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको पनि उपप्रधानमन्त्री सिंहले बताए ।

पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडी नलाग्न उहाँले कार्यकर्तालाई आग्रह गरे । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री सिंहले भने, ‘केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग सम्बोधन गर्दै गएको छ, नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।’ मन्त्री सिंहले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको समेत बताए । उनले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको उल्लेख गरे । सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बेला आएको पनि बताए । उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महराले बहुमत प्राप्त गरेर मात्र सरकार स्थिर नरहने भन्दै नेताहरूले चरित्र परिवर्तन गर्न जरुरी रहेको बताए । उनले काँग्रेस महाधिवेशन हुने नहुने तल्लो तहमै निर्भर रहेको उल्लेख गरे । महराले भने ‘वडा, टोल समितिबाटै काम भए मात्र पार्टीको महाधिवेशन हुन्छ नत्र हुन्न ।’ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जनतामा निराशा छाएकाले त्यसलाई चिर्न काँग्रेसको काधमा जिम्मेवारी आएको बताए । काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले जनतामा असुन्तुष्टी पैदा भएकाले त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उल्लेख गरे । ‘हामी सधैं भुइ मान्छेको जिम्मेवारी लिएर काम गरेका छौं तर केन्द्रीय नेतृत्वका कारण साथीहरुको मनोवल गिरेको छ’ उनले भने । सांसद रानाले तानसेनलाई साँस्कृतिक नगरको रुपमा विकास गर्ने दिशामा ध्यान दिन मन्त्री सिंहलाई आग्रह गरे । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, उपसभापति झपेन्द्र गहिरेको स्वागत, सचिव सन्तोष कुमार थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको