
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाले विगतमा ठूलो मुर्खता गरेको र अहिले फेरि त्यस्तो गरे सह्य नहुने चेतावनी दिएका छन् ।
उनले नेपाली जनताले उदारताका साथ कारबाही गर्नुको साटो आरामसँग बस्न दिएको उल्लेख गर्दै जनता र हामीले देखाएको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाए ।


