
तानसेन ।लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीमगरले प्रदेश निजामति सेवा ऐन २०८० प्रमाणीकरण गर्नुभएको छ । उक्त विधेयक पहिलो पटक २०८१ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको ऐनमा केही हेरफेर गर्नु पर्ने भन्दै पुर्नबिचारको लागी प्रदेश प्रमुखले प्रदेश सभामा फिर्ता गर्नु भएको थियो । सोही बिधेक प्रदेश सभाबाट दोस्रो पटक यहि पौष १७ गते पुनः पारित भई प्रमाणीकरणको लागी नेपालको संविधानको धारा १९९ बमोजिम उक्त विधेयक पारित भई धारा २०१ को उपधारा (१) बमोजिम प्रमाणीकरणको लागी प्रदेश सभाले प्रदेश प्रमुख समक्ष पेश गरिएको थियो ।
सो प्रदेश निजामति सेवा ऐन २०८० प्रदेश प्रमुखले पौष २८ गते आइतबार प्रमाणीकरण गर्नु भएको हो । उक्त प्रदेश प्रमुख समक्ष पेश भएकोे प्रदेश निजामति सेवा ऐन २०८० नेपालको संबिधान २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुख घर्तीमगरले प्रमाणीकरण गर्नुभएको लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भविश्वर घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।


