ट्रेन्डिङ

रामपुरका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

सेवा जनताकै दैलोमा’ अभियान सफल, रामपुरको घुम्ती शिविरमा उत्साहजनक सहभागिता

आज २०८३ जेठ १९ गते मंगलबार: गणेश भगवानकाे दिन, यस्ताे छ आजको राशिफल

कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने

पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

आफ्नै सरकारप्रति डा. अमरेश कुमार सिंहको संसदमा असन्तुष्टि

माथागढीको कसेनीमा कृषिको महाकुम्भः माटोदेखि गोबर परीक्षणसम्म

कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलिदेखि, पर्सि नीति तथा कार्यक्रम प्रस्तुत गरिने

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

“उपाध्यक्षसँग विद्यालय कार्यक्रम” आज शारदा माविमा, सबै तयारी पूरा :अभिभावकदेखि जनप्रतिनिधि सम्मको उल्लेखनीय सहभागिता रहने

आज वैशाख शुक्ल चतुर्दशीः नृसिंह जयन्ती

देशभरका मालपोत कार्यालयका सेवा प्रवाहको डिजिटल अनुगमन सुरु, मन्त्री रावलद्वारा प्रत्यक्ष निरीक्षण प्रणाली लागू

अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

तिनाउँमा कोइका सहयोग परियोजना– कृषकको आम्दानी र रोजगारमा ठूलो सहयोग

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सम्झौतासँगै तिनाउ गाउँपालिकाले सम्हाल्यो ‘नुवाकोट सांस्कृतिक धरोहर

सुशीलाले जाँदाजाँदै पीएलाई दिइन् प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति

किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

‘हसिना युग’ को अन्त्यपछि बंगलादेशमा पहिलो आम निर्वाचन आज

राष्ट्रिय सभा अधिवेशन अन्त्य

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

विनोद चौधरीले सार्वजनिक गरे तीन वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

रामपुरमा व्याज अनुदानमा ९७ जना युवा लाभान्वित, रु एक करोड एघार लाख बढी लगानी

सुशीला रेग्मी
रामपुर (पाल्पा) । युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत व्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रमबाट युवाले विभिन्न व्यवसायमा आबद्ध भएर आयआर्जनमा लागेका छन् । यस कार्यक्रमबाट ९७ युवा लाभान्वित भएका छन् । हालसम्म रु १ करोड ११ लाख ६९ हजार ८२८ बराबरको रकम लगानी गरिएको छ ।

यस आर्थिक वर्षमा नगरभित्रका ४४ जना युवालाई कार्यक्रममा छनौट गरिएको छ । तरकारी, फलफुल खेती, संरचनाभित्र तरकारी खेती/तरकारी वा फलफुल वा पुष्प नर्सरी, कुखुरापालन (ब्रोइलर), कुखुरापालन (स्थानीय, लेयर्स, हास लगायत अन्य पंक्षीपालन), माछापालन, बाख्रापालन, मौरीपालन, च्याउ खेति, बंगुरपालन, गाईभैसीपालन व्यवसाय गर्नका लागि नगरपालिकाले व्याज अनुदान उपलब्ध गराउँदै आएको छ ।

समितिले तोकेको मापदण्ड र कार्यविधिमा रहेर व्यवसाय गर्ने युवालाई कार्यक्रममा समावेश गरिने रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । केही काम गर्न चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन व्याज अनुदान उपलब्ध गराइएको छ । २१ वर्षदेखि ५९ वर्ष सम्मका युवालाई यस कार्यक्रममा समावेश गरिनेछ ।

आर्थिक वर्ष २०७६/०७७ देखि सुरु भएको यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सुरुमा रु ५ लाखबाट व्याज अनुदान दिन थालेको नगरपालिकाले हाल भने रु ३० लाखसम्म अनुदान दिने गरेको छ । विदेश जाने तयारीमा रहेका, विदेशबाट फर्केका युवालाई गाउँमै बसेर व्यवसाय गर्न प्रोत्साहन गराउने उद्धेश्यले व्याज अनुदान कार्यक्रम ल्याइएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् ।

“युवाहरुलाई लक्षित गरेर ल्याइएको यस कार्यक्रममा केही उद्यम, व्यवसाय गर्छु भन्ने युवाका लागि सहज भएको छ, आफुले कारोबार गरेका नगरपालिकाभित्रका कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट ऋण झिकेर व्यवसायमा लगानी गर्ने, बैंकको खातामा नगरपालिकाले व्याज बुझाउने कार्य गरिरहेको छ, यसले व्याज बुझाउने तनाव व्यवसायीमा हटेको छ” नगर प्रमुख थापाले भने ।

दुई वर्षसम्म युवा स्वरोजगार कार्यक्रममार्फत व्याज अनुदान प्राप्त गरी सकेका युवा उद्यमीहरुले पुनः कार्यक्रममा सहभागी भई व्याज अनुदानको लागि प्रस्ताव पेश गरेमा समितिले पुर्व सञ्चालित व्यवसायमा थप न्युनतम मापदण्ड पुरा गरी मापदण्ड अनुसारको कर्जा रकमा व्याज अनुदान दिनेछ ।

अनुगमन समितिले बेला बेलामा व्यवसायको अनुगमन गरी मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए नभएको मुल्याङ्कन गरेर मात्रै सम्बन्धित व्यवसायीको बैंक खातामा उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । मापदण्ड अनुसार काम नगरेको समितिले ठहर गरेमा सो रकम रोक्का गरिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको