ट्रेन्डिङ

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावा: देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिनासम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अनुसन्धान कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन, सेवा प्रवाहमा थप सहजता

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गरिने

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली चैत २७ अर्घाखाँचीको आउँदै

लुम्बिनीमा ९४,९०८ परीक्षार्थी परीक्षा दिन तयार, मुख्यमन्त्रीको धैर्य र आत्मविश्वासको सन्देश

अहिलेको सरकार विकास र जनताको हितमै केन्द्रित छ : उपप्रधानमन्त्री सिंह

चन्द्रकोट गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

“मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको दर्दनाक मृत्यु”

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको नेतृत्व परिवर्तन, नयाँ पदाधिकारीहरूद्वारा शपथ ग्रहण

रिब्दीकोटले बेसार खेती गर्ने कृषकलाई राहत दिन न्यूनतम मूल्य, तोक्यो

७३ औं वार्षिकोत्सवमा सौभाग्य माविले गर्याे उत्कृष्ट शिक्षक सम्मान

भवानी मा.वि. कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिब्दीकोटको देउराली र ख्याहाको जंगलमा डढेलो,निभाउने प्रयास जारी

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले

पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण

औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह: व्यवस्थित सेवा प्रतिबद्धता

पूर्वखोला पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सव सुरु :महामन्त्री थापा द्धारा उद्‌घाटन

वडा नं. ९ रामपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न, स्थानीयवासीले लिए विभिन्न सेवा

आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६ नेपाल सम्बत ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ कृष्ण सप्तमी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र, व्याघात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः४० बजे, सूर्यास्त साँझ ०५ः३० बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ४० मिनेट देखि ०७ बजेर १६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज श्रीकृष्ण जन्माष्टमी पर्व रहेको छ ।

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । मन फुरुङ्ग र हलुका हुने सुन्दर दिन छ, आज कुनै कुनै समयमा तपाईं अरु वेलाभन्दा अलि बढी कठोर भएको महसुस हुनेछ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुखसुविधा, अचल सम्पत्ति र वाहनसुखका बारेमा समेत ध्यानकेन्द्रित हुनसक्छ । पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मन केन्द्रित हुनेछैन, एकोहोरिने तथा खिन्नता बढ्ने कमजोर समय छ, कुनै यात्राको कार्यक्रम छ भने पनि निरस रहने छ । आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्डरजरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेकोरनजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । बौद्धिक सामथ्र्यका आधारमा समान विचारधारा भएका व्यक्तिहरू आकर्षित बन्नेछन्, मित्रताका वा साझेदारीका लागि अनुकूल समय छ । तर आफूभित्रका आवेगलाई नियन्त्रण गर्दै अनुशासनको दायरालाई पालना गर्नु महत्त्वपूर्ण मानिन्छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

भेटघाटको समयमा व्यक्तिगत उन्नतिरप्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रका काममा खट्नुपर्ने हुन्छ । चिताएका काममा सफलता मिल्नेछ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला, जीवनमा पैसा नै सबथोक होइन, आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । धार्मिकरसामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरेरबुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आवेग र रिसरागमा नियन्त्रण राखी खासगरी ड्राइभिङका क्रममा घुम्ती र मोडमा सावधानी अपनाउनु होला । आजको दिन आफूले गल्ती नगरे पनि अरुको लापरवाहीको सजाय व्यहोर्नुपर्ने समय छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । परिवार र साथीहरूप्रतिको तपाईंको भावनाले चिन्ता बढाउन सक्छ, त्यस्तै स्वभावमा चिडचिडेपन र तनाव बढ्नाले आपसी भेटघाटमा नोकझोक र किचलोसमेत हुनसक्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । आनन्द र मनोरञ्जक गतिविधिमा केन्द्रित भइने छ । कामकाजी महिलाको व्यक्तिगत समुन्नति र प्रतिष्ठाको योग छ । छोराछोरीले मनको कुरो बुझ्नेछन् । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । ताकेको काम सम्पन्न हुनेछ, तर सानातिना विवादको बेवास्ता गर्दै अघि बढ्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीसँग सतर्क रहने समय हो, त्यस्तै रिस र घमण्ड बढ्नाले पनि अप्ठ्यारोमा पर्न सकिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । नयाँ ज्ञान सिक्ने मौका छ, धैर्य एवं लगनशील बन्नसके हाँकेरताकेको काममा सफलता मिल्नेछ, दिगो लगानीबाट फाइदा हुने दिन हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । घरबाट शुभकार्यको समाचार आउनसक्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ । उत्कृष्ट खाना, रोमान्टिक पलहरू र इष्टमित्रको साथ नै आजको विशेषता हो भन्दा फरक पर्दैन, व्यक्तित्व विकास र करियर निर्माणको सही समय भएकाले उचित कार्ययोजनाका साथमा अघि बढ्नु जायज हुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरात्मजाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको