
१४ असोज २०७९ – रामेछाप । काठमाडौंको कोटेश्वर, जडीबुटी र भक्तपुर देखि रामेछापको सुनापति गाउँपालिकाको विभिन्न गाउँगाउँमा छुट्ने सुनापति यतायातका टाटा सुमोले यात्रुसँग चाडपर्वको मौका छोपी दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ । यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् ।



चाडबाडको बेला अनिवार्य यात्रा गर्नुपर्ने यात्रुको बाध्यतालाई सवारीधनीले मौकाको फाइदाको रुपमा लिने गरेको सर्वसाधरणको गुनासो छ।अहिले काठमाडौंबाट छुट्ने अधिकांश सुनापति यतायातका टाटा सुमोहरुले टिकट दिएका छैनन् । तोकेको ६००,७००,८०० सय रुपैयाँ भाडालाई १२००, १३००, १५०० सय रुपैयाँ तिरेका छन् । टिकट काउन्टर बन्द गरेर बाहिर दलाल मार्फत दोब्बर भाडा अशुल्ने गरेका छन् ।
देशमा संघीयता आयो, स्थानीय सरकार र प्रदेश सरकार पनि आए तर रामेछापमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ), (डीएसपी) पनि धेरै फेरिए तर टाटा सुमोहरुले चाडपर्वलाई लक्षित गरेर यात्रु ठग्ने क्रम भने अझै रोकिएको छैन ।
रामेछापको सुनापतिमा गएको असार २१ गते बस दुर्घटना हुदा १३ जान यात्रुले ज्यान गुमाए भने, २० जना भन्दा बदी यात्रु घाइते भए तर क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुलाई बढी भाडा लिनेलाई कारबाही गर्छाैँ भने पनि त्यस्तो हुन सकेको छैन । सुनापति गाउँपालिकाको विभिन्न ठाउँबाट काठमाण्डौ झण्डै ५० ओटा बस, टाटा सुमो ओहोरदोहोर गर्छन् । दशैँ, तिहार, छठ लगायतका पर्वमा यात्रु ठगिएकै हुन्छन् ।
हरेक वर्षको दशैँ, तिहार र छठ पर्वमा ओहोरदोहोर गर्दा धेरै यात्रु बस, टाटा सुमोबाट ठगिने गर्छन् । तर पनि रामेछापको ईलाका प्रहरी लुबु, ईलाका प्रहरी बेथान, अस्ताई प्रहरी बिट सुनापतिका प्रहरी प्रशासन किन मौन बस्छ ? भन्ने यात्रुको गुनासो छ । अरु बेला प्रहरी प्रशासनको अनुभूति गर्न पाउने नागरिकले बस, सुमोमा चढेर यात्रा गर्दा भने प्रहरी प्रशासनको अनुभूति कुनै पनि निकायले दिन नसकेको जस्तो देखिन्छ ।