ट्रेन्डिङ

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

माथागढी गाउँपालिका, चिदीपानीमा नागरिक आरोग्य अभियान प्रशिक्षण कार्यक्रम सम्पन्न

माथागढीमा शिक्षकहरुको लागि तालिम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा रिब्दीकोटमा सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

गाउँपालिका स्तरमा आर्थिक अनुशासनको उदाहरण: रैनादेवी छहराको न्यूनतम बेरुजू

रैनादेवी छहरामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धन सम्बन्धी अन्तरक्रिया

लुम्बिनी प्रदेशमा पाणिनीको वित्तीय अनुशासन उच्च, बेरुजु न्यूनतम

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पनि हेर्न नमिल्नेमा

सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन ,किसानलाई राहत,बिचौलियालाई छटपट

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

महिला विश्वकप एसिया छनोट : नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य

कर्णालीको पर्यटनमा लगानी गर्न मुख्यमन्त्री कँडेलको आग्रह

हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष भन्छन्- स्थानीय निकायमा भ्रष्टाचार कम भएको देख्छु

पूर्वखाेला गाउँपालिका ,पूर्ण खोप,संस्थागत प्रसूति,पोषण संगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त बन्यो

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावा: देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा पाणिनी गाउँपालिका कम बेरुजु ल्याउँदै प्रथम बन्यो

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

संसदका दुबै सदन बस्दै, आजबाट बिनियोजन विधेयकमाथि छलफल

कृषकलाई प्रोत्साहन: बुटवल बजारमा तिनाउ गाउँपालिकाको सटर अनुदान योजना

ड्याम साइडबाट तिनाउ खोलामा टिप्पर खस्दा चालकको मृत्यु

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

रामपुरमा वडाबाटै मेलमिलाप र मेलमिलाप केन्द्रको अनुगमन

आन्दोलनमा सहभागी शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते

बुद्धका विचारको महत्व र सान्दर्भिकता बढ्दैः प्रधानमन्त्री

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

पर्यटकको रोजाइमा गुल्मी धुर्कोटको विचित्र गुफा

स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

देश गम्भीर संकटमा फस्योः वली

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

निस्दी गाउँपालिकामा बालविवाह घट्दो अवस्थामा

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको ज्यान गयो

राष्ट्रपति पौडेलद्वारा रामनवमी पर्वको शुभकामना

बुटवल-नारायणगढ सडकको दाउन्नेमा मर्मतका लागि रातको समय बन्द गरिने

रिडी–तम्घास सडक खण्ड मर्मतका लागि एक महिनासम्म बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

अनुसन्धान कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन, सेवा प्रवाहमा थप सहजता

सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना

एमाले-कांग्रेस गठबन्धनलाई हराउँदै वन वाटिकाको अध्यक्षमा विप्लवनिकट पाण्डे विजयी

उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन लुम्बिनीमा हुँदै, ११ देशको सहभागी हुने

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सभापतिमा फर्किए रवि

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गरिने

गुल्मीमा साढे आठ करोडका सरकारी गाडी अलपत्र

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय

चन्द्रकोट गाउँपालिकाको ग्वाघामा ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु

गुल्मी महोत्सव २९ चैतदेखि सञ्चालन हुने

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

पाणिनि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री ओली चैत २७ अर्घाखाँचीको आउँदै

लुम्बिनीमा ९४,९०८ परीक्षार्थी परीक्षा दिन तयार, मुख्यमन्त्रीको धैर्य र आत्मविश्वासको सन्देश

अहिलेको सरकार विकास र जनताको हितमै केन्द्रित छ : उपप्रधानमन्त्री सिंह

चन्द्रकोट गाउँपालिकाद्वारा गोरु पाल्ने किसानलाई अनुदान

“पूर्व विशिष्टको सुविधाबारे कुनै निर्णय भए सरकार जानकार छैन : उपप्रधानमन्त्री सिंह”

“मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एक जनाको दर्दनाक मृत्यु”

पाल्पाको भैरवस्थान मन्दिर व्यवस्थापन समितिको नेतृत्व परिवर्तन, नयाँ पदाधिकारीहरूद्वारा शपथ ग्रहण

रिब्दीकोटले बेसार खेती गर्ने कृषकलाई राहत दिन न्यूनतम मूल्य, तोक्यो

७३ औं वार्षिकोत्सवमा सौभाग्य माविले गर्याे उत्कृष्ट शिक्षक सम्मान

भवानी मा.वि. कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

रिब्दीकोटको देउराली र ख्याहाको जंगलमा डढेलो,निभाउने प्रयास जारी

महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले

पूर्वराजालाई प्रचण्डको चेतावनी- फेरि मुर्खता देखाए पाएको पनि सखाप हुन्छ

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

रैनादेवी छहराद्वारा भुवनपोखरीका आगलागी पीडितलाई राहत वितरण

औषधि व्यवसायी संघ पाल्पाको अध्यक्षमा सिंह: व्यवस्थित सेवा प्रतिबद्धता

पूर्वखोला पाल्पामा प्रथम लोकतान्त्रिक महोत्सव सुरु :महामन्त्री थापा द्धारा उद्‌घाटन

वडा नं. ९ रामपुरमा एकीकृत घुम्ती शिविर सम्पन्न, स्थानीयवासीले लिए विभिन्न सेवा

आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

काठमाडौँ  ।  सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।

उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए। 

धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए।

उनका अनुसार सुर्खेत र सल्यानको सिमाना धारापानी भन्ने ठाउँमा अन्तिम सम्पर्क भयो। धर्माकुमारीले श्रीमान्लाई आफ्नो अवस्था सामान्य रहेको, आरामले यात्रा गरिरहेको, बसमा अरू मानिस रहेको हुँदा चिन्ता नगर्न भनिन्। त्यसपछि भने फोन सम्पर्क हुन नसकेको दलबहादुरको भनाइ छ। 

अरू यात्रुका अनुसार धर्माकुमारी बसेको सिटपछि अर्कोमा आठबिसकोटकै अर्जुन केसी थिए। धर्माकुमारी छोरासँगै बसेकी थिइन्। बान्ता हुन थालेपछि धर्माकुमारीले केसीसँग पोलिथिनको झोला मागिन्। त्यसपछि उनले आफूलाई अगाडिको सिटमा बस्ने प्रबन्ध मिलाई दिन केसीलाई आग्रह गरिन्। केसीले आफू बसेको झ्यालनजिकको २ नम्बर सिट छोडिदिए। सिटमा आमा–छोरा बसे। केसी १ नम्बर सिटमा एक्लै बसे। 

सुर्खेतको बोटेचौरमा आइपुगेपछि धर्माकुमारीले दुई–तीन पटक बान्ता गरिन्। तर, उनी त्यसपछि सामान्य अवस्थामा सिटमा बसेको आठबिसकोटकै अर्जुन विष्टले बताए। विष्टका अनुसार मध्यरात भइसकेको थियो। सबै यात्रु निदाएजस्तै वातावरण थियो। बर्दियाको हरिया लेक आइपुग्दा एकाएक ३२ महिने किरण रोएको आवाज आयो। यसो फर्केर हेर्दा बच्चा सिटदेखि तल खसेको देखेँ’, विष्टले भने, ‘त्यसपछि मलगायत अरूले भाउजू नाता पर्ने धर्माकुमारीलाई उठाउन खोज्यौं। तर, उहाँ हलचल गर्नुभएन।’

धर्माकुमारी चीर निद्रामा परिसकेकी रहेछन््। उनको अवस्थाले बसका सबै यात्रु दुःखी र निराश बने। कतिले नजिकै बबईमा उपचारका लागि मेडिकलमा तत्काल लैजान सल्लाह गरे। तर, त्यहाँ पनि मेडिकल बन्द भइसक्ने हुँदा बरू छिटो कोहलपुर पुर्‍याउने कुरा चल्यो। धर्माकुमारीकै गाउँका अर्की एक महिला पनि बसमा थिइन्। उनले धर्माकुमारीको मृत शरीर सिटमै बसेको अवस्थामा समातेर यात्रा गरिन्।

बच्चा रोइरहेको हुँदा केसीलगायत यात्रुले पालैपालो बोके। बच्चा फकिएन। रोइरह्यो निरन्तर। त्यसपछि धर्माकुमारीकै काखमा बच्चालाई राखिएको थियो। त्यही बेला केसीले तस्बिर खिचेको जनाइएको छ। यात्रुले उक्त घटनाबारे राति नै धर्माकुमारीका श्रीमान्लाई खबर गरे। कोहलपुुर चौराहामा पुग्दा बिहानको ५ बजिसकेको थियो। श्रीमान् दलबहादुर र काका मनीराम आइपुगे। 

मनीरामका अनुसार नाबालक छोरा बुवा देखेर अलिक शान्त बने।  ‘धर्माकुमारीलाई तत्कालै नेपालगन्ज मेडिकल कलेज कोहलपुर लग्यौं। त्यहाँ पनि उपचार सम्भव नभएपछि भेरी अस्पताल नेपालगञ्ज लग्यौं। डाक्टरले दुई–तीन घण्टाअघि नै मृत्यु भइसकेको बताए। हामी छाँगाबाट खसेझै भयांै’, उनले भने। 

राडी हुँदै जाजरकोट, सुर्खेत राकम, सल्लीबजार सल्यान, पुनः सुर्खेत मेहेलकुुना, छिन्चु हुँदै बर्दियाको बाटो भएर कोहलपुर पुग्न सकिन्छ। बेलुका साढे ५ बजे हिँडेको गाडी अर्कौ दिन बिहान साढे ५–६ बजेतिर मात्रै कोहलपुर पुग्न सक्छ। दुरी झन्डै पौने तीन सय किलोमिटर रहे पनि सबै पहाडी भूभाग पर्ने हुँदा यात्रा कठिन र ढिलो हुन पुग्छ। गाडी विस्तारै उज्यालो भएपछि कोहलपुर पुग्ने गरी गुड्छ।

उनीहरू धर्माकुमारीलाई लिएर शुक्रबार बिहान ५ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेका थिए। उक्त अस्पतालले तत्कालै भेरी अस्पताल नेपालगन्जमा रेफर गरेको थियो। भेरी अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। अस्पतालको इमर्जेन्सीमा कार्यरत प्रहरी जवान दीपेन्द्र बीसीले घटना सुनाए, ‘बिहान ६ बजे इमर्जेन्सीमा आउनुभएको थियो। डाक्टरले दुई–तीन घण्टा अगाडि नैै मृत्यु भइसकेको भन्दै मृत घोषणा गर्नुभएको थियो।’ 

शवको पोस्टमार्टम गरिएन। नेपाली सेनामा कार्यरत उनका दाजु रत्न मल्लले बहिनीको अन्तिमपटक मुख हेर्ने भनेपछि शुक्रबार दिनभर शव भेरी अस्पतालमै राखिएको थियो। मल्ल शनिबार बिहान २ बजेतिर मात्र डडेलधुराबाट नेपालगन्ज पुगेका थिए। 

बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदीमा शनिबार बिहान ९ः३० बजे धर्माकुमारीको दाहसंस्कार गरियो। सामाजिक सञ्जालमा फोटो भाइरल भएका कारण स्वस्फूर्त रूपमा दाहसंस्कारमा मलामीको संख्या धेरै भएको थियो। राप्ती नदीमा पुग्दा झन्डै १५० मलामी भएको काका ससुरा मनिराम बटालाले बताए। 

राप्ती नदीमा शनिबार बिहान ९ः३० बजेतिर धर्माकुमारीको दाहसंस्कारका क्रममा ३२ महिनाका किरण नेपालगन्जको घरबारी टोलमा हजुरबुबा मनिरामको घरमा बालबालिकासँग थिए। उनी बेला–बेलामा आमालाई सम्झेर रोए। मनिरामले अन्नपूर्ण पोस्ट्सित टेलिफोन सम्पर्कमा भने, ‘घरि निदाउँछ। बिउझिँदा मम्मी–मम्मी भन्छ। बाबाबाहेक अरू कसैसँग बस्न मान्दैन।’ 

नेपालगन्जबाट शनिबार साँझ रुकुम पश्चिम फर्कँदै गर्दा उनी बाबाको काखमै बसेका थिए। जसरी आमाको काखमा नेपालगन्ज आउँदाको बखतमा झैं। बाबाको काखमा पनि आमा नै खोजिरहेका छन्। अरूसँग त बस्न नै मान्दैनन्। रिजर्ब गरिएको गाडीमा उनीहरू नेपालगन्ज, कोहलपुर, बर्दियाको बबई, सुर्खेतको हर्रे, छिन्चु, सल्ली बजार, राकम, जाजरकोटको छेडागाड, कुदु मटेला हुँदै रुकुम पश्चिमको आठबीसकोट पुग्नेछन्। 

दलबहादुरले धर्माकुमारीको उपचार पहिले जिल्लाकै अस्पताल र मेडिकलमा उपचार गरिएको बताए। केही दिनअघि मात्रै पश्चिम रुकुमको सल्ले पुगेर उपचार गराएकी थिइन्। चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेकी थिइन्। तर, बिसेक भएन। दलबहादुरका अनुसार धर्माकुमारी मुटुका बिरामी थिइन्। रक्तचाप उच्च र कम हुने समस्या थियो। श्रीमतीको उपचारमा करिब ४ लाख खर्च भएको उनले सुनाए। 

उनका अनुसार घरमा आमाछोरा मात्रै बस्थे। उपचार गर्न नेपालगञ्ज जाने भनेर धर्माकुमारीले घर धन्दाको काम बिहीबार दिउँसो सबेरै सकिन्। आफू फर्केर नआउँदासम्म घर रेखदेख गरिदिने आफन्त र छरछिमेकलाई मिलाइन्। दलबहादुर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका बेला जेठी श्रीमतीले साथ छाडिन्। जेठी श्रीमतीपट्टि १२ वर्षका छोरा छन्। धर्माकुमारीतर्फ सात वर्षकी छोरी र ३२ महिनाको छोरा छन्। उनी नेपालगन्जमा रहेर निर्माणसम्बन्धी कामका लागि जिल्लामा सामग्री पठाउने गर्थे। ठेक्कापट्टामा संलग्न थिए।अन्नपूर्ण पोष्टबाट साभार 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको