काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल हुँदैछ ।सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आज अपराहन्न ४ बजे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा मन्त्रीहरूको पनि सहभागिता रहने बताइएको छ । बैठकमा निर्वाचन आचारसंहिताका विषयमा छलफल हुने एजेण्डा रहेको छ । यसअघि निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि आचार संहिताका विषयमा राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

















