ट्रेन्डिङ

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

आईसीसी विश्वकप लिग-२ : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दै

जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख

प्रतिनिधिसभाकाे बैठक बस्दै, चल्ला त संसद ?

यस्ता छन् कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय

कर्णालीमा बजेट : कति सम्बोधन, कति उपेक्षा ?

लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफल सुरु

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि शनिवार देशभर एकैदिन प्रतिनिधि छनोट गरिएको छ। छनोट प्रक्रियामा केही स्थानमा छिटपुट कुटाकुट र हात हालाहाल भए पनि समग्रमा प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको एमालेले जनाएको छ। अधिकांश जिल्लामा प्रतिनिधि सर्वसम्मतरूपमा चयन भए पनि केही जिल्लामा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको छ।

केही जिल्ला र निर्वाचन क्षेत्रमा भने विवादका कारण प्रतिनिधि चयन हुन सकेन। आउँदो मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुने ११औँ महाधिवेशनका लागि गत बिहीबार उम्मेदवारी दर्ता भएको थियो। सर्वसम्मत हुन नसकेका ठाउँमा शनिवार मतदानमार्फत प्रतिनिधि छानिएको एमालेले बताएको छ। सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा गरी करिब २ हजार प्रतिनिधि छानिएका छन्। त्यसैगरी प्रवास, जनसङ्गठन र विभागबाट करिब १०० प्रतिनिधि चयन हुने छन्।

यसपटक केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन्। विधान संशोधन गरेर ७० वर्षे उमेर सीमा हटाइएपछि दुवै नेता प्रतिस्पर्धामा उत्रिएका हुन्। दुई कार्यकालको सीमालाई परिमार्जन गरेपछि ओली पुनः अध्यक्षतर्फ प्रतिस्पर्धामा छन्। शनिवार सम्पन्न प्रतिनिधि छनोटमा ७५ प्रतिशतभन्दा बढी ओली पक्षका प्रतिनिधि जितेको दाबी संस्थापन पक्षको छ।

उता ‘विगतमा आफू जहाँ उभियो, त्यही संस्थापन पक्ष भएको’ बताउँदै आएका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पक्षधर समूहको बलियो साथ छ। भण्डारीसहित उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टलगायत नेताहरू उनको पक्षमा छन्। तर ७५ प्रतिशतभन्दा बढी प्रतिनिधि ओली पक्षका रहेको संस्थापनको दाबी छ।

पोखरेल पक्षका एक पदाधिकारीका अनुसार ‘जित्ने मत नभए पनि टक्कर दिनसक्ने’ सङ्ख्यामा प्रतिनिधि छनोट भएका छन्। उनका अनुसार करिब ३५ प्रतिशत प्रतिनिधि पोखरेल पक्षका छन् र मतदानको दिनसम्म अझै केही प्रतिनिधि आफ्नो पक्षमा खुल्ने दाबी गरेका छन्।

संस्थापन पक्षले भने अधिकांश युवा, भौगोलिक र गैरभौगोलिक प्रतिनिधि आफ्नो पक्षमा भएकाले महाधिवेशनमा ओलीको जित सुनिश्चितजस्तै भएको दाबी गरेको छ। तर विरोधी पक्षले ओली समूहले ‘कुप्रचार’ गरिरहेको आरोप लगाउँदै पोखरेल पक्षमा माहौल बढ्दै गएको दाबी गरेका छन्। शनिवार छानिएका प्रतिनिधिमध्ये ७० प्रतिशतभन्दा बढी ओली समूहका रहेको एमाले स्रोतले जनाएको छ।

पोखरेलले भने ओली समूहका केही नेतालाई आफ्नो पक्षमा भित्र्याउँदै रणनीतिको रूपमा निर्वाचनमा जाने तयारी गर्दै आएका छन्। प्रतिनिधि छनोटका लागि केन्द्रीय सङ्गठन विभागले सिफारिस गरेको प्रस्तावलाई सचिवालयले पारित गरी मातहतका कमिटीमा पठाएको थियो।

यसैगरी, केन्द्रीय कमिटीबाट ३५४ जना, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद्बाट २५ गरी जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुने व्यवस्था छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको सङ्कल्प : समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन गर्न प्रतिनिधि छनोट गरिएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार शनिवार देशभर करिब २ हजार २ प्रतिनिधि शान्तिपूर्ण रूपमा छनोट भएका छन्। धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि केही स्थानमा निर्वाचनमार्फत प्रक्रिया टुङ्ग्याइएको उनले बताए। रोकिएका प्रतिनिधि छनोट प्रक्रियालाई पनि निर्वाचनबाट टुङ्ग्याउन निर्देशन दिइएको छ।

विराटनगरमा कुटाकुट
प्रतिनिधि छनोटका क्रममा विराटनगरमा कुटाकुट भएको छ। ओली र पोखरेल समूहबीच झडप हुँदा संस्थापन पक्षका नेता परशुराम बस्नेतमाथि पोखरेल पक्षका कार्यकर्ताले हातपात गरेका हुन्। मतदानस्थल बाहिर सुरु भएको विवाद ‘एउटै व्यक्ति पटक–पटक मतदानका लागि आएको’ आरोपपछि चर्किएको थियो। पोखरेल पक्षका विनोद ढकाल समूहका कार्यकर्ताले बस्नेतमाथि हातपात गरेको आरोप छ। विराटनगरका ‘बाहुबली’ मानिने बस्नेत आफ्नै क्षेत्रमा हातपातको घटना भोग्नुपरेको स्थानीय नेताहरूले बताएका छन्।

महासचिवकै जिल्लामा विवाद
एमाले महासचिव शङ्कर पोखरेलको गृहजिल्ला दाङमा पनि विवाद भएको छ। विधि र प्रक्रिया मिचेर एकलौटी ढङ्गले प्रतिनिधि छनोट गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले केन्द्रीय सङ्गठन विभागमा उजुरी दिएका छन्। मतदाता नामावली तथा निर्वाचन तालिका प्रकाशित नगरी करिब १० हजार ५ सय प्रतिनिधिको अधिकार कुण्ठित गरिएको उनकै आरोप छ। जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार सूची विभिन्न चरणमा छलफलपछि टुङ्ग्याइएको थियो।

ओखलढुङ्गामा बहिष्कार
ओखलढुङ्गा जिल्ला कमिटीले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै २० उम्मेदवारले निर्वाचन प्रक्रिया अस्वीकार गरेका छन्। पत्रकार सम्मेलनमार्फत उनीहरूले निर्वाचन प्रक्रिया बहिष्कार गरिएको घोषणा गरेका छन्। हर्कबोल राई, शकुन्तला राजभण्डारी, पूर्वअध्यक्ष मोहनकुमार श्रेष्ठ, उपसचिव अस्मिता थापालगायत नेताहरूले विधिसम्मत प्रक्रियामा जान नेतृत्वलाई आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको