काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार पाँचौं जित हासिल गरेको छ ।
जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमको जितमा इशान पाण्डेले ५६ रन बनाएका थिए भने विनोद भण्डारीले ४२, हरमित सिंहले २५ रन बनाएका थिए ।



यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि संजय कृष्णमुर्थीले ५० रन बनाए भने जान निकोलले ३९ रन बनाएका थिए ।
त्यसैगरी सुदूरपश्चिमका बलर अविनाश बोहोराले सर्बाधिक ४ विकेट लिए भने स्कट कुगेलाइनले ३ विकेट लिएका थिए ।
यो जितपछि सुदूरपश्चिम रोयल्स अपराजित रहदै लगातार पाँच जित हासिल गरेको छ । सुदूरपश्चिमको ५ खेलमा १० अंक रहेको छ र अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । साथै सुदूरपश्चिमको प्लेअफमा स्थान सुनिश्चित भएको छ ।
त्यस्तै जनकपुर बोल्ट्सले भने लगतार चौथो हार बेहोरेको छ । डिफेन्डिङ च्याम्पियन जनकपुरले यस सिजनमा जित हासिल गर्न सकेको छैन ।














