
धादिङ । मुग्लिन काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ ।
गए राती धादिङको बेनी घाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो । पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिरो हटाउने कार्य गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।
















