भैरहवा, – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ। सोमबार जिल्लामा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।
प्रशासनले मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरेको जनाएको छ। जिल्ला प्रशासनका प्रमुख डा. टोकराज पाण्डे का अनुसार, निषेधाज्ञा लागू क्षेत्र भित्र पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा गर्न पूर्णरूपले रोक लगाइएको छ।



जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लंघन गरेमा कडा कारवाही हुने चेतावनीसमेत दिइएको छ। यस कदमले सुरक्षा व्यवस्थामा सुधार आउने र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित हुने प्रशासनको विश्वास छ।
स्थानीय नागरिकहरूले हाल सडक, बजार र सार्वजनिक स्थलहरूमा शान्ति कायम भएको जनाएका छन्। प्रशासनले आवश्यक परे थप निगरानी र नियन्त्रणका कदमहरू चाल्ने योजना बनाएको छ।














