तानसेन।स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकन (लिजा) मा पाल्पाका दश पालिकामा तानसेन नगरपालिका पहिलो भएको । यस्तै रिब्दीकोट गाउँपालिकामा दोस्रो भएको छ भने बगनासकाली तेस्रो भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये नगरपालिकामा तानसेनर गाउँपालिकामा रिब्दीकोट पहिलो हुन सफल भएका हुन् ।



तानसेन नगरपालिकाले ८८.७५ अंक पाप्त गरी पहिलो हुन सफल भएको हो । यस्तै रिब्दीकोट गाउँपालिकाले ८७.७५ अंकसहित दोस्रो स्थान हासिल गरेको छ। गाउँपालिकार्फ भने पाल्पा जिल्लामा रिब्दीकोट पहिलो बनेको छ ।
यस्तै ८५.२५ अंक प्राप्त गरी बगनासकाली गाउँपालिका तेस्रो भएको छ । चौथोमा रैनादेवी छहरा र रम्भा गाउँपालिकाले ८४.७५ समान अंक पा्रप्त गरेका छन् ।
यस्तै क्रमशः रामपुर नगरपालकाले ८०.२५, तिनाउ गाउँपालिकाले ७६.७५, निस्दी गाउँपालिकाले ७६.५०, पूर्वखोला गाउँपालिकाले ७५.२५ र माथागढी ७३.७५ अंक प्राप्त गरेको सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ ।
लिजामा मूल्यांकन गर्दा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय जस्ता विषयमा मूल्यांकन हुने गरेको छ।













