
५ जेठ, विराटनगर । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ ।
मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।


