
लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार लगायत नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन थालेको हो । यथार्थ धरातललाई आधार मानेर सरकारले नीति तथा कार्यक्रम ल्याउन थालिएको जनाइएको छ ।



आज प्रस्तुत हुने नीति तथा कार्यक्रमले प्रदेशको सामाजिक, आर्थिक र संस्थागत विकासका महत्वपूर्ण विषयहरू समेट्ने अपेक्षा गरिएको छ