ट्रेन्डिङ

ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

सानेपामा आज कांग्रेस केन्द्रीय समिति बैठक : मूल एजेण्डा चुनाव

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

पाल्पा — मातृ–शिशु स्वास्थ्यको पहुँच र गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अब औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका बनेको छ। आठै वडामा शतप्रतिशत महिलाले संस्थागत प्रसूति सेवा लिइसकेको तथ्यांक र स्वास्थ्य प्रोटोकलको पालना प्रमाणित भएपछि स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकालाई सिफारिस गरेको थियो।

स्वास्थ्य शाखाले विगत दुई वर्षयता प्रसूति सेवा सुदृढीकरण, जनचेतना विस्तार, गर्भवती दर्ता तथा जोखिम पहिचान, पोषण सुधार कार्यक्रम, गर्भ परीक्षण प्रोत्साहन र स्वास्थ्य संस्थामा सहज प्रसूति सेवा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समुदायमा सुरक्षित मातृत्वप्रतिको बुझाइ बढ्दै गएको, वडास्तरमा बर्थिङ सेन्टरहरूको क्षमता अभिवृद्धि भएको र प्रशिक्षित स्वास्थ्यकर्मीको संख्यामा वृद्धि भएको कारण महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहित हुँदै गएका हुन  स्वास्थ्य शाखा अनुसार, गाउँपालिकाभित्र भएका सबै गर्भवतीको अभिलेख नियमित रूपमा अपडेट गरिएको र गर्भ परीक्षणदेखि प्रसूति सेवासम्मका प्रोटोकल पूरा भएको प्रमाणित भएपछि गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति घोषणा पाउने योग्यता हासिलको हो ।

गाउँपालिकाका आठै वडाबाट संकलित तथ्यांक, संस्थागत प्रसूति सूचक तथा मातृ–शिशु स्वास्थ्य प्रोटोकल पूरा भएको प्रमाणित भएपछि स्वास्थ्य कार्यालय पाल्पाले सिफारिस गरेको र सोही आधारमा औपचारिक घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जिवन रानाले बताए ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा हुनु गाउँपालिकाको स्वास्थ्य क्षेत्रप्रतिको प्रतिबद्धता र व्यवस्थित प्रयासको ठोस परिणाम भएको बताए।उनका अनुसार, पछिल्ला वर्षहरूमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन योजना, स्रोत तथा जनशक्तिको प्रभावकारी परिचालन गरेको भन्दै प्रसूति सेवा विस्तार, गर्भजाँचको अभिलेख व्यवस्थापन, सुरक्षित मातृत्व अभियान तथा जोखिमपूर्ण गर्भवती पहिचानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान निर्णायक रहेको उल्लेख गरे।हाम्रो लक्ष्य केवल सूचक पूरा गर्नु मात्र होइन, हरेक आमाले सुरक्षित वातावरणमा गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने हो। स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनका लागि यातायात खर्च उपलब्ध गराउनेदेखि लिएर नियमित गर्भजाँचमा अण्डा वितरणजस्ता कार्यक्रमहरूले महिलामा स्वास्थ्यप्रति जागरूकता बढाएको छ ,प्रमुख प्रशासकीय अधिकृतको भनाई रहेको छ ।

कार्यक्रमका  जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले संयुक्त रूपमा घोषणा कागज अनावरण गर्दै रैनादेवी छहरालाई औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरे।

समन्वय समितिकी उपप्रमुख गैरेले यो उपलब्धिलाई केवल एक गाउँपालिकाको सफलता नभई मातृ–शिशु स्वास्थ्य सुरक्षामा स्थानीय तहहरूको सामूहिक प्रतिबद्धताको प्रमाणका रूपमा लिनुपर्ने बताइन्।उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई अझ प्रणालीगत तथा नतिजामुखी बनाउन पालिकालाई सुझाव दिईन , विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक स्रोत, उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा गाउँपालिका निरन्तर सक्रिय रहनुपर्ने उनको धारणा थियो ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले संस्थागत प्रसूति शतप्रतिशत हुन सक्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको भन्दै रैनादेवी छहरालाई नमूना स्थानीय तहका रूपमा उभिन सफल भएको मूल्यांकन गरे।महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै पोखरेलले स्वयंसेविकाहरूले घर–घरमा पुगेर गर्भवतीहरूको अवस्था बुझ्ने, सल्लाह–सुझाव दिने, स्वास्थ्य संस्थामा सेवा लिन प्रोत्साहन गर्ने र मातृ–शिशु स्वास्थ्यसम्बन्धी सन्देश निरन्तर फैलाउने कार्यले गाउँपालिकालाई यो सफलतासम्म पुर्‍याएको बताएका थिए।

समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विकासको मूल आधारका रूपमा व्याख्या गर्दै आएको र स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्‍याउन विभिन्न नयाँ कार्यक्रमस्थापना गरिएको बताए। अध्यक्ष भट्टराईका अनुसार, गर्भवती मैत्री पूर्वाधार निर्माण, प्रसूतिकर्मीको दक्षता वृद्धि, बर्थिङ सेन्टरको क्षमता विस्तार, स्वास्थ्य शिक्षा तथा जनजागरण कार्यक्रम र जोखिमयुक्त गर्भवती पहिचान गरी नियमित अनुगमन गर्ने प्रणालीले गाउँपालिकामा मातृ–शिशु स्वास्थ्य सूचक सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गाउँपालिकाका स्वास्थ्य संस्था र स्थानीय तहबीचको समन्वय, समुदायस्तरको सहभागिता तथा नेतृत्वदायी भूमिकाको संयोजनको उदाहरण हो। उनले यो उपलब्धिले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम तथा नवप्रवर्तन अघि बढाउन प्रेरणा दिएको बताए।

घोषणा समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रैनादेवी छहराको उपलब्धि प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्दै मातृ–शिशु स्वास्थ्य सेवा सुधारमा स्थानीय तहको नेतृत्व प्रभावकारी ढंगले प्रतिफलित भएको भन्दै प्रशंसा गरे। मन्त्री सारुले गाउँपालिकाले प्रसूति सेवा सुदृढीकरणमा देखाएको सक्रियता, स्वास्थ्यकर्मीको नियमित खटाइ, तथ्यांक प्रणालीको समन्वय र समुदायमा फैलिएको सुरक्षित मातृत्व सम्बन्धी चेतनाले यो उपलब्धि सम्भव भएको बताए। उहाँले आगामी दिनमा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार गरी गर्भवती महिलाको स्वास्थ्य परीक्षण अझ सहज बनाइने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई स्थायी रूपमा अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्ने बताए।

घोषणा कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूको मूल्यांकन अनुसार, रैनादेवी छहरामा प्रसूति सेवा सुधार केवल स्वास्थ्य शाखाको मात्र उपलब्धि नभई समुदायको निरन्तर सक्रियता, स्थानीय सरकारको नीतिगत प्रतिबद्धता र स्वास्थ्य संस्थाको सेवा गुणस्तर मिलेर बनेको सामूहिक परिणाम भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आगामी वर्षमा मातृ–शिशु स्वास्थ्य सेवा विस्तारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बर्थिङ सेन्टरहरूमा थप उपकरण तथा आपतकालीन तयारी सुदृढ गर्ने, मोबाइल स्वास्थ्य सेवा दुर्गम बस्तीमा पुर्‍याउने, गर्भवती तथा नवजात शिशुको गृह–अनुगमन कार्यक्रमलाई अझ विस्तार गर्ने, डिजिटल स्वास्थ्य अभिलेखलाई पूर्ण रूपमा लागू गर्ने तथा विद्यालय, आमा समूह र समुदायसँग समन्वय गरेर नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।

स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्भवती दर्ता, फोलो–अप, प्रसूति सेवा तथा नवजात शिशु अनुगमनलाई डिजिटल अभिलेखमार्फत व्यवस्थित गरिएको र वडास्तरमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँगको समन्वयले सेवा प्रवाह अत्यन्तै सहज बनेको जानकारी दिए।

रैनादेवी छहराको पूर्ण संस्थागत प्रसूति सेवा घोषणा केवल एक औपचारिकता नभई मातृ–शिशु स्वास्थ्य अधिकारको सुनिश्चितताप्रति स्थानीय सरकारको जिम्मेवारी र प्रतिबद्धता स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। प्रसूति सेवामा सहज पहुँच, स्वास्थ्यकर्मीको नियमित खटाइ, आर्थिक सहयोगका कार्यक्रम र समुदायमा सुरक्षित मातृत्वबारे उत्पन्न सकारात्मक धारणा मिलेर गाउँपालिकालाई स्वास्थ्य सूचक सुधारमा प्रदेशकै अग्रस्थानमा पुर्‍याएको देखिन्छ। स्थानीय तहको दीर्घकालीन योजना, स्वास्थ्य पूर्वाधारमा भएको लगानी र समुदायको विश्वास बढ्दै गएको अवस्थामा रैनादेवी छहरा गाउँपालिका अब मातृ–शिशु स्वास्थ्य प्रवर्द्धनमा  नमूना स्थानीय तहका रूपमा स्थापित हुने संकेत देखिएको छ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले स्वास्थ्य सेवामा गरेको लगानी र उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको