पाल्पा । मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गर्ने पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा यही मंसिर ७ र ८ गते न्वागी पर्व मनाइने भएको छ।रैनादेवीको न्वागी उत्सवको अबसरमा रैनादेवी छहराले गाउँपालिकाले स्थानीय बिदा समेत दिएको छ । गाउँपालिकाले एक सुचना निकालेर मंसिर ७ गते न्वागी पर्वमा स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले बताउनु भयो । प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ।
यहाँ वर्षौंदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनको अवसरमा लोपोन्मुख पञ्चेबाजा, सोरठी ठूलोनाच, नाच्न चलन भएको हुदा मंसिर ७ गते स्थानीय बिदा दिने निर्णय गरेको अध्यक्ष भटराईको भनाई छ । स्थानीय मौलिक कला संस्कृतिको प्रस्तुति गरिने कार्यक्रम न्वागी पर्वको भोली पल्ट अथवा मंसिर ८ गते पालिका स्तरीय सोरठी नाच प्रतियोगिताको आयोजना गरेको वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिनुभयो । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको छ।



न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याउन प्रचलन भूवनपोखरी क्षेत्रमा छैन। ‘यदि प्रयोग गरियो भने घरमा अनिष्ट हुने धार्मिक विश्वास छ’, यहाँका किसानले परम्परागत रूपमा न्वागी खाने र पर्वका रूपमा मनाउने गर्छन्।’ दशैं, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गरेको मन्दिर ब्यावस्थापन समितकाको भनाई छ ।















प्रतिकृया दिनुहोस