गुल्मी ।
गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगित हुने भएको छ । तम्घासमा रहेको खुकुरी युथ क्लवले आगामी माघ ६ गतेदेखि १० गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरु मात्र सहभागि हुन सक्नेछन् । प्रतियोगिता इस्मा गाउँपालिका–१ झरनामा रहेको बिपी पार्कमा आयोजना गरिएको छ ।
पछिल्लो समय नेपालमा क्रिकेटप्रतिको रुची बढ्दै गएकोले विद्यालयस्तरबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने एवं उनीहरुको प्रतिभा पहिचान गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष निशान टन्डनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार पाँच सय ५५ एवं द्धितिय हुनेलाई १५ हजार पाँच सय ५५ रुपैँया प्रदान गरिनेछ ।



साथै विजेतालाई ट्रफी, मेडल एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको अध्यक्ष टन्डनले बताए । गत बर्ष २१ हजार पुरस्कार राखिएकोमा यो बर्ष २५ हजार पु¥याइएको छ । गत बर्षको खुकुरी क्रिकेट कप रेसुङ्गा नगरपालिका–५ को जनसहयोग माविले जितेको थियो । क्लवले अन्य समयमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।














