बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन्।रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको छन् ।
घिमिरेले बालेनको टीमबाट रास्वपामा समाहित हुने तयारी गरिसकेको उनी निकट स्रोतको दाबी छ । बालेनले घिमिरेलाई तिलोत्तमा नगर प्रमुख हुँदाका बेला उत्कृष्ट कार्य गर्दै आएको भन्दै गत प्रतिनिधिसभा निर्वाचनमा घिमिरेको पक्षमा बोलेका थिए ।



संघीयतापछिको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख भएका उनी २०७९ मा रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। एमालेको केन्द्रिय सदस्यमा भने उनी पराजित भएका थिए ।














