ट्रेन्डिङ

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब !

मुस्ताङ सिमामा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

गगन-विश्वको नेतृत्वमा बिना गठबन्धन चुनावमा होमियो काँग्रेस

आज बिस २०८२ माघ ७ गते बुधबार, यस्ताे छ आजको राशिफल

प्रतिनिधिसभा निर्वाचनमा पाल्पाबाट ३० उम्मेदवारको उम्मेदवारी दर्ता

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९ सय २५ उम्मेदवारले मनोनयन दर्ता

प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुँदै

मीन विश्वकर्माको प्रस्ताव- आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकी गगनले गर्नुहुन्छ मिलौँ

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

गुल्मीका चार सय बढी विद्यार्थीको मुटु परीक्षण, दुईजनाको शल्यक्रिया गर्नुपर्ने

गुल्मीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुदैँ

रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, महाकाली मावि बन्यो च्याम्पियन

एमाले नेता बासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, रुपन्देही २ बाट उम्मेद्वार हुने

ईशानको शव १४ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि वरदान बन्यो सियारीको घुम्ती शिविर

बुटवलको औद्योगिक प्रदर्शनीमा एकै दिन ६० हजारले गरे अवलोकन

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्री सारुको जोड

रिब्दीकोटमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : १४ विद्यालयकाे सहभागीता

सातौँ राष्ट्रपति रनिङ शिल्डमा सौभाग्य मावि चिदीपानी च्याम्पियन

माथागढीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्य मन्त्री सारुको घोषणा: रैनादेवी छहरा ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’

चीनको पहिलो पुन: प्रयोग गर्न मिल्ने रकेट प्रक्षेपण असफल: पृथ्वीमा फर्कने क्रममा बूस्टर विस्फोट

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

उज्यालो नेपाल पार्टीको घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित, स्थानीय चुनाव गैरदलीय

आस्थाको केन्द्र रैनादेवी मन्दिर, धार्मिक पर्यटकीय विकासमा जुर्मराउँदै

न्वागी पर्वको अबसरमा रैनादेवी छहराले दियो स्थानीय बिदा

कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

प्रभु बैंकका सिइओ शेरचनसहित तीन जना पक्राउ

बाइडेनका ९२ प्रतिशत कार्यकारी आदेश रद्ध गरेको ट्रम्पको दाबी

एमाले महाधिवेशन भिडन्त: ‘७५ प्रतिशत प्रतिनिधि’ ओली पक्षका, पोखरेलको अन्तिम ‘जङ्गे लडाइँ’

सुदूरपश्चिमको लगातार पाँचौं जित, एनपीएलकाे प्लेअफमा स्थान सुनिश्चित

क्यान्सरको उपचारमा आवश्यक ‘साइक्लोट्रोन मेसिन’ ल्याउन शिक्षा मन्त्री पुनले थाले मन्त्रालयमा छलफल

जगदम्बाले स्टीलले तिर्यो महसुल बक्यौताको पहिलो किस्ता, लाइन जोडियो

सबैलाई मिलाउँछु भन्ने कुलमान एक्लै अघि बढे

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

सरकार ढाल्ने प्रयासविरुद्ध ढाल बनेर उभिन्छौं, गृहमन्त्रीको कामबाट सन्तुष्ट छैनौं- सुदन गुरुङ

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

ढाेरपाटनमा पिकअप दुर्घटना, एक जनाकाे ज्यान गयाे

बिहारसँग जोडिएका नेपाल–भारत सीमा नाका बन्द

कांग्रेस नेता अफताब आलमको निधन

रिब्दीकोट गाउँपालिकामा स्वास्थ्य बीमाको पहिलो चरण सम्पन्न, अब सबै नागरिक बीमाको दायरामा ल्याउने तयारी

रिब्दीकोटमा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम : ‘पढ्दै–सिक्दै–कमाउँदै’ अभियान

मुख्यमन्त्री आचार्यको घर जलाएको आरोपमा पक्राउ परेका ३ जना युवालाई प्रमाण नपुगेको भन्दै अदालतले दियो छाड्न आदेश

‘भारत जोड्ने प्रसारण लाइनको भाडा २५ वर्षसम्म नेपालले एक्‍लै तिर्नुपर्ने’ भन्‍ने समाचारको उर्जा मन्त्रालयबाट खण्डन

रैनादेवी छहरा गाउँपालिकालाई जापान सरकारको सहयोगमा दमकल प्रदान : गाउँपालिकाको प्रयास सफल

आगामी वर्षको नीति–कार्यक्रम पारित गदै,डुम्रे दुग्ध कृषि सहकारीको ३२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाली कांग्रेसको कदमले मधेश प्रदेश सरकार संकटमा

मितव्ययी शासनतर्फ अन्तरिम सरकारको ठोस पहल

टेलिकमले ल्यायाे चाडबाड अफरः २५० रुपैयाँमा १००० मिनेट कल र नेट जडान निःशुल्क

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ-मुग्लिन सडक खण्ड दुईतर्फी अवरुद्ध

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० शहरमा निःशुल्क वाईफाई

आज जितिया पर्व मनाइदै, यस्तो छ धार्मिक महत्व

संसद् विघटनपछि कार्कीमाथि अन्तरिम सरकारको जिम्मेवारी,दलहरू आक्रोशित

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

राष्ट्रपति निवास शित्तल निवासमा पनि आगजनी

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरबारमा जेनजी प्रदर्शनकारीको प्रवेश, गेट तोडेर छिरे

जेनजीको आन्दोलन उग्र: प्रचण्ड र सञ्चारमन्त्रीको निवासमा तोडफोड र आगजनी

कृषि मन्त्री अधिकारीको राजीनामा, सरकारको दमनविरुद्ध असन्तुष्टि

राजधानीमा तनाव: सञ्चारमन्त्रीको घरमा आगो, प्रहरी परिचालन

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

निजामती सेवा दिवस भोलि देशभर मनाइँदै, ४१ कर्मचारीलाई सम्मान गरिने

‘राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक

एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल जारी

बन्द हुन थाल्यो फेसबुक

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

लिजा नतिजामा पाल्पाः नगरपालिकातर्फ तानसेन र गाउँपालिकामा रिब्दीकोट पहिलो

संसदीय सुनुवाइ समितिकाे सभापतिमा खतिवडा निर्विरोध

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

CDEN निर्वाचनमा पाल्पाली इ. दिनेश भट्टराईको सशक्त उम्मेदवारी

स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन

संसद विघटनसहितका १३ वटा फैसलाको पूर्णपाठ नलेखेको भन्दै ,पूर्वप्रधान न्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट दायर

गम्भीर अडियो प्रकरणमा निष्पक्ष छानबिन होस् : सांसद सुमना श्रेष्ठ

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

माथागढी गाउँपालिकाकोआदर्श आधारभूत बिवद्यालयमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण कार्यक्रम

माथागढीकाे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

मिडियाकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी

देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

बगनासकालीका आदिवासी जनजाति युवालाई उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम

रास्वपा-राप्रपा अनुपस्थित भएपनि प्रतिनिधिसभाबाट बजेट पारित

बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित कार्यशाला पाल्पामा सम्पन्न

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

कस्तो रहला आज रातीको मौसम ? यस्तो छ महाशाखाको पूर्वानुमान

पाल्पाको रिमिघा लेकमा बहुमुल्य जडिबुटी ‘यार्सागुम्बा’ भेटीयाे, जिल्लावासी उत्साहित

भारत उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना, ७ जनाको ज्यान गयो

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

कांग्रेस केन्द्रीय समितिको बैठक असार १५ गते बस्दै

निजामती कर्मचारी युनियन पाल्पाको नेतृत्व फेरियो, ओमप्रकाश न्यौपाने अध्यक्षमा

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

देशका सातै प्रदेश सरकारले आज आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै

लुम्बिनीसहित थप चार प्रदशेमा फैलियो मनसुन

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

चल्न थाले सार्वजनिक सवारी साधन

लुम्बिनीसहित ४ प्रदेशका केही स्थानमा वर्षाको सम्भाना

रैनादेवी छहराको बजेट बहुमतले अनुमोदन, समावेशी नीतिमा आधारित विकासको खाका

तानसेन २८असार  ,रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ८० करोड ४६ लाख १२ हजार ८ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सार्वजनिक बजेट विवरण अनुसार चालू खर्चतर्फ ४९ करोड ७८ लाख ५७ हजार ७ सय ३५ रुपैयाँ र पुँजीगत खर्चतर्फ ३० करोड ६७ लाख ५५ हजार १ सय ५० रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिका उपाध्यक्ष युवराज थापाले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटले आत्मनिर्भर उत्पादन, गुणस्तरीय सेवा प्रवाह, रोजगारी सिर्जना र समावेशी विकासमा केन्द्रित नीति ल्याएको छ ।

बजेटमा कृषि, पशुपालन, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सूचना प्रविधि र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ। गाउँसभाको १८औं अधिवेशनमा उपाध्यक्ष युवराज थापाले बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि निम्न प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

दीगो पूर्वाधार विकास — नियमित सडक मर्मत–सम्भार र अधुरा योजना सम्पन्न गर्न निरन्तरता दिने।कृषि, पशुपालन, खानेपानी तथा सरसफाई कार्यक्रमलाई प्रवर्द्धन र कार्यान्वयन गर्ने,शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, सिँचाइ र स्थानीय पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राख्ने,रोग नियन्त्रण तथा विपद् व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने,पर्यटन, वाणिज्य, वन, उद्योग र सहकारी क्षेत्रको प्रवर्द्धन गर्ने,सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग विस्तार गर्ने,रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रसँग सहकार्य र साझेदारीमा आधारित कार्यक्रम अघि बढाउने,लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने,सामाजिक सुरक्षा कार्यक्रमलाई बलियो बनाउँदै सबैको सहभागिता सुनिश्चित गर्ने,सेवा प्रवाह सुदृढीकरण, सुशासन प्रवर्द्धन, वातावरण संरक्षण तथा बहुआयामिक विकास कार्यक्रमलाई जोड दिएको छ ।

बजेटका उद्देश्य तथा प्राथमिकता कार्यान्वयनका लागि संघीय सरकार, लुम्बिनी प्रदेश सरकार, छिमेकी स्थानीय तहहरू, निजी तथा सहकारी क्षेत्र र स्थानीय विकास संस्थासँग समन्वय एवं साझेदारी गरिने बताईएको छ ।

गाउँपालिकाले “आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार : समृद्ध रैनादेवी छहराको मूल आधार” भन्ने नारालाई आत्मसात गर्दै आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकालाई दिगो पूर्वाधार र विकासको मार्गमा अगाडि लैजाने उद्देश्यले गौरवका योजनाहरू अघि सारेको छ।

मुख्यतया, लुम्बिनी प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा गाउँपालिकाका विभिन्न बस्तीहरूलाई सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मोटरबाटो योजनाहरू बजेटमा प्राथमिकताका साथ समेटिएका छन् ।

गौरवका योजनाहरू

सुन्दरेढुङ्गा–जुठापौवा–साँझाण्डी मोटरबाटो,धजावान्ने–तान्सिङ्गल–सातमुरे मोटरबाटो संघ र धजावान्ने–पैठावास–टाँपोखरा, अर्घाखाँची सीमा,तान्सिङ्गल–सोमादी–सपौदी–मंग्रान–मनभाग मोटरबाटो,यी मोटरबाटोहरू प्रदेशसँगको समपूरक योजनाका रूपमा अघि बढाइएका हुन् ।

गौरवका योजनाका लागि बजेट विनियोजन

गौरवका योजना कार्यान्वयनका लागि जम्मा रू. ६,४१,३०,००० (छ करोड एकचालीस लाख तीस हजार) बजेट विनियोजन गरिएको छ। बजेट विवरण यसप्रकार रहेको छ

संघीय समपूरक कार्यक्रमबाट : रु. २,३७,००,०००/-प्रदेश समपूरक कार्यक्रमबाट : रु. ७५,००,०००/-गाउँपालिका स्रोतबाट : रु. ३,२९,३०,०००/ यस अतिरिक्त, गाउँपालिकालाई सडक सञ्जालमा पूर्ण रूपमा आवद्ध गर्नुपर्ने अन्य योजनाहरूको लागि आवश्यक थप बजेट पनि विनियोजन गरिएको छ।

क्रमागत तथा बहुवर्षीय योजनाहरूको लागि विनियोजित बजेट

रैनादेवी छहरा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ मा अधुरा, क्रमागत र बहुवर्षीय योजनाहरूको कार्यान्वयनलाई पनि विशेष प्राथमिकता दिएको छ।

अधुरा, क्रमागत र बहुवर्षीय योजनाहरूको कार्यान्वयन

विगतका आर्थिक वर्षहरूमा भएका अधुरा योजनाहरू र आर्थिक वर्ष २०८१/८२ मा बहुवर्षीय ठेक्का प्रणालीमार्फत सम्पन्न भएका योजनाहरूको भुक्तानीका लागि पनि रु ५० लाख रकम व्यवस्थापन गरिएको छ।

विशेष योजना बजेट

सुंगुरेढुङ्गा–जुठापौवा–साँझण्डी सडक अन्तर्गत नेपाने–जुठापौवा मोटरबाटोमा रु ५० लाख विनियोजन गरिएको छ।

वडा स्तरका योजना र विकास कार्यक्रमहरू

हरेक वडाको सन्तुलित विकास सुनिश्चित गर्न सम्बद्ध वडा स्तरबाटै कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइनेछ। यसरी सञ्चालन हुने आयोजनाहरूका लागि प्रत्येक वडामा न्यूनतम रकम विनियोजन गरिनेछ भने गाउँपालिकाबाट पनि अतिरिक्त सहयोग प्रदान गरिनेछ।

दुई तहबाट हुने यस बजेट व्यवस्थापनले वडा स्तरीय योजना र कार्यक्रमहरूलाई मजबुत बनाउनेछ र यसले वडागत मात्र नभई समग्र गाउँपालिकाको समुन्नत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखिएको छ।

रैनादेवी छहरा गाउँपालिकाले “वर्तमानको आवश्यकता — कृषिमा आत्मनिर्भरता” भन्ने नारालाई आत्मसाथ गर्दै “एक गाउँ, एक उत्पादन” योजना अनुरूप कृषिलाई व्यवसायिक बनाउन, आधुनिक यन्त्र र प्रविधिको प्रयोगलाई जोड दिँदै उत्पादनको मात्रात्मक र गुणस्तरीय वृद्धिमा जोड दिएको छ।

बजेट विनियोजन:

कृषी विकास र पशुपालन क्षेत्रको समग्र प्रगतिको लागि:संघीय सरकारबाट: रु.  करोड १६ लाख,गाउँपालिकाबाट: रु. ५० लाख,कृषी यन्त्र, उपकरण र सामग्री खरिदका लागि विशेष बजेट व्यवस्था गरिएको छ।उत्कृष्ट कृषकहरूलाई प्रोत्साहन गर्न तालिम र पुरस्कारका लागि आवश्यक रकम विनियोजन गरिएको छ।सहकारीमार्फत उत्पादित दूध, मासु लगायतका उत्पादनहरूको लघु उद्योग/ढुवानीमा अनुदान स्वरूप रु. १२ लाख छुट्याइएको छ।

अन्य कार्यक्रमहरू:

समूह गठन गरी व्यवसायिक कृषिमा इच्छुक युवाहरूलाई आकर्षित गर्ने तथा गाई/भैसी पालन र अन्य पशुपालन क्षेत्रमा सहकार्यको व्यवस्था गरिएको छ।पशु औषधि खरिद, नस्ल सुधार, मौरी पालन र कृषक–पशु सेवा विस्तारका लागि बजेट विनियोजन गरिएको छ।साना सिंचाइ पाइप वितरण, अकवरे खुसाउने कार्यक्रम, उखु पकेट कार्यक्रम, बीउ प्रवर्द्धन कार्यक्रम, कृषी पर्यटन र औद्योगिक मेलाका लागि आवश्यक रकम छुट्याइएको छ।

संघीय अनुदान:

संघीय स्तरबाट कृषी तथा पशुपंक्षी विकास कार्यक्रमका लागि रु. ७५ लाख अनुदान प्राप्त भएको छ र आवश्यकताअनुसार यो रकम प्रभावकारी रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ।

पर्यटन विकास

रैनादेवी छहरा गाउँपालिका आगामी आर्थिक वर्षमा पर्यटन हबको रूपमा विकास हुँदै जाने उद्देश्यले योजना अघि बढाइरहेको छ। यसका लागि गाउँपालिका भित्रका प्रमुख पर्यटन स्थलहरूको विकास तथा समृद्धिका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी पूर्वाधार निर्माणमा जोड दिइने बताईएको छ ।

साथै, यस क्षेत्रमा रहेका धालमुक क्षेत्रका ऐतिहासिक मठ मन्दिरहरू र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन गरी स्थानीय पर्यटनलाई उत्प्रेरित गरिने बताईएको छ ।

बजेट विनियोजन

कालिका मन्दिर व्यवस्थापनका लागि: रु. ५ लाख,रैनादेवी मन्दिर शौचालय निर्माणका लागि: रु. ५ लाख,होमस्टे सञ्चालन र प्रवर्द्धनका लागि: रु. ५ लाख गाउँपालिकाले यी पर्यटन कार्यक्रमहरूलाई सफल बनाउने दृष्टिकोणले आवश्यक बजेट व्यवस्थापन गरेको छ।

सहकारी तथा वित्तीय क्षेत्रको विकास

रैनादेवी छहरा गाउँपालिकाले सहकारी क्षेत्रलाई उत्पादनसँग जोड्ने नीति अवलम्बन गर्दै कृषिमा आधारित सहकारीहरूको विस्तार र प्रवर्द्धनमा विशेष जोड दिने योजना बनाएको छ। यसका लागि समग्र सहकारी क्षेत्रको सशक्तिकरण र दिगो विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

बजेट र कार्यक्रमहरू:

सहकारीमार्फत मासु र दूध बिक्री गर्ने किसानहरूको प्रोत्साहनका लागि ढुवानी अनुदानका लागि बजेट छुट्याइएको छ।सहकारी संस्थाहरूको सेवा जनमैत्री बनाउन आवश्यक पहल र सुधारहरू गरिनेछ, जसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।

गाउँपालिकाले सहकारी तथा वित्तीय क्षेत्रको समृद्धिका लागि आवश्यक स्रोत र व्यवस्थापन गर्दै दिगो आर्थिक विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।

शिक्षा क्षेत्रको विकास

रैनादेवी छहरा गाउँपालिकाले समाजको ज्योति मानिने शिक्षा क्षेत्रको स्तर सुधारमा विशेष ध्यान दिँदै, शिक्षा पहुँच विस्तार र गुणस्तरीय विकासमा जोड दिएको छ। यसअन्तर्गत निम्न कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर रु. २ करोड ४६ लाख ७० हजार बजेट विनियोजन गरिएको छ।

प्रमुख कार्यक्रमहरू:

प्रारम्भिक बाल विकास र शिक्षा पहुँच विस्तार,शैक्षिक प्रोत्साहन कार्यक्रमहरूको निरन्तरता,शिक्षाको गुणस्तर र पहुँच कायम राख्ने कार्य,शिक्षालाई व्यवसायिक र स्वरोजगार उन्मुख बनाउने पहल गरिएको छ।

व्यवस्थापन र तालिम

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासका लागि तालिमको व्यवस्था,कक्षा १ देखि १२ सम्मको परीक्षा सञ्चालन,शिक्षा विकाससँग सम्बन्धित अन्य खर्चहरूका लागि पर्याप्त बजेट छुट्याइएको छ ।

कर्मचारी तलब र विद्यार्थी सुरक्षा

ई.सि.डी., लेखा कर्मचारी र प्रशासनिक सहयोगीहरूको तलबका लागि रु. ८२ लाख -रु. विनियोजन,विद्यार्थी सुरक्षा प्रत्याभूतिको लागि दुर्घटना बीमा कार्यक्रम सञ्चालन ,गाउँपालिका स्तरिय स्थानीय पाठ्यक्रम निर्माण र सञ्चालनमा बजेट व्यवस्थापन गरिएको छ।

खेलकुद र स्वास्थ्य

विद्यार्थीहरूको खेलकुद अभिवृद्धिका लागि राष्ट्रपती रनिङ शील्ड प्रतियोगितामा रु. ५ लाख बजेट,भैरव नवदीप माध्यमिक विद्यालयमा स्वास्थ्यकर्मी व्यवस्थापन,योग शिक्षक प्रशिक्षण, आत्मरक्षा तालिम तथा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण,न्यूनतम एक कम्प्युटर कार्यक्रम सञ्चालन,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम

विशिष्ट बजेट विनियोजन

एक विद्यालयलाई एक कम्प्युटर प्रिन्टर : रु. ३ लाख,विद्यार्थी दुर्घटना बीमा कार्यक्रम : रु. ६ लाख,प्राविधिक शिक्षाका लागि छात्रवृत्ति : रु. १० लाख,विद्यालय समायोजन र दरबन्दी लम्बाउने कार्यक्रम : रु. १ लाख ५० हजार,विद्यार्थीहरूलाई सिपमूलक कृषक कार्यक्रममा जोड्न : रु. २ लाख बजेट छुट्याइएको छ ।

यसरी गाउँपालिकाले शिक्षा क्षेत्रमा समग्र सुधार र पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षा प्रवाहमा आवश्यक बजेट विनियोजन गरी दिगो विकासमा जोड दिएको छ ।

स्वास्थ्य सेवा विकास र बजेट विनियोजन

रैनादेवी छहरा गाउँपालिकाले सम्पूर्ण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आवश्यक बजेट विनियोजन गरेको छ।

प्रमुख स्वास्थ्य कार्यक्रमहरू:

स्वास्थ्य बीमा:
सम्पूर्ण गाउँपालिका बासीलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउन रु. ४ लाख ५० हजार विनियोजन।

स्वास्थ्य ल्याब अनुदान कार्यक्रम:
५०% अनुदानका साथ स्वास्थ्य ल्याब सेवा सञ्चालनका लागि रु. ४ लाख विनियोजन।

आमा स्वास्थ्य कार्यक्रम:
सुत्केरी आमालाई खाना प्रदान गर्ने कार्यक्रमका लागि रु. ५ लाख विनियोजन।

घरमै स्वास्थ्य परीक्षण:
वृद्ध नागरिकको स्वास्थ्य परीक्षणका लागि डाक्टर सहित घरघरमै सेवा प्रदान गर्न बजेट छुट्याइएको छ।

स्वास्थ्य उपचार सहयोग:
पैसाको अभावमा सामान्य रोगबाट मृत्यु नहोस् भन्ने उद्देश्यले रु. १ लाख ५० हजार विनियोजन।

स्वयंसेवक यातायात भत्ता:
स्वयंसेवकलाई दिइने यातायात भत्ता रु. २५० बाट बढाएर रु. २००० गर्ने व्यवस्था, यसका लागि रु. १७ लाख २८ हजार विनियोजन।

स्वास्थ्य जागरुकता कार्यक्रम:
सुनौना हजार दिन कार्यक्रम, जनशक्ति अभिवृद्धि, X-ray मेसिन सञ्चालन र स्थानीय स्वास्थ्य सेवा कार्यक्रमहरूको लागि आवश्यक बजेट व्यवस्थापन ।

समग्र स्वास्थ्य क्षेत्रको लागि बजेट:

कुल रु. १ करोड २२ लाख ७८ हजार विनियोजन गरी नागरिकको स्वस्थ जीवन सुनिश्चित गर्ने योजना।

गौरव योजना: १५ शैयाको अस्पताल सञ्चालन

संघीय सरकारको सहयोगमा रु. ९ करोड ५९ लाख,गाउँपालिकाबाट रु. ५० लाख,अस्पतालको पूरक बजेट रु. ५० लाख,आकस्मिक स्वास्थ्य सेवा हेतु रु. २० लाख,स्वास्थ्य औषधि खरिद हेतु रु. १८ लाख,सुनौता हजार दिन कार्यक्रमका लागि रु. ५ लाख विनियोजन गरिएको छ।

खानेपानी तथा सरसफाइ कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले “स्वच्छ खानेपानी, स्वस्थ जीवन” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै गाउँपालिकाका प्रत्येक नागरिकको घरमा स्वच्छ खानेपानी पु¥याउन विशेष महत्व दिएको छ। यसका लागि “एक घर, एक धारा, एक करेसाबारी” कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानी सेवा विस्तार गर्ने योजना बनाइएको छ।

खानेपानी आयोजनाहरु र बजेट विनियोजन

जुकेखोला देलुङ्गा  लिफ्ट खानेपानी रु ६ लाख,निम्दी ताङलसंगि खानेपानी रु १ लाख,सदेवा खानेपानी रु ४ लाख,जुकेगैरा खानेपानी रु २ लाख,असौदी नयाँबस्ती खानेपानी रु ३ लाख,एक घर एक धारा साविक ४ मुझुङ  रु २ लाख एक सल्ला खानेपानी रु १ लाख,गड्यौडे खानेपानी रु १ लाख तिल्केरी लिफ्ट खानेपानी रु ७ लाख विनियोजन गरिएको छ।

यसरी गाउँपालिकाले स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न र सरसफाइमा सुधार ल्याउन प्रभावकारी बजेट व्यवस्थापन गरी दिगो विकासको लक्ष्यमा अघि बढेको छ।

संस्कृति संरक्षण तथा प्रवर्द्धन

रैनादेवी छहरा गाउँपालिकाले स्थानीय मौलिक संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्दै निम्न कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ।

प्रमुख कार्यक्रमहरू:

पञ्चेबाजा संरक्षण कार्यक्रम,सरायँ नाँच, मारुनी, भैलो, सोरठी, लाठे नाँच लगायत परम्परागत लोकनृत्यहरूको प्रवर्द्धन,तीज गीत प्रतियोगिता, नवागी महोत्सव, भजन प्रतिस्पर्धा,स्थानीय मेला तथा सांस्कृतिक महोत्सवहरूको आयोजना

धार्मिक सम्पदाको संरक्षण

रैनादेवी मन्दिर,कालिका मन्दिर, देलुङ्गा  मन्दिर,अमरापुरीधाम गाउँपालिकाभित्र रहेका यी महत्वपूर्ण धार्मिक स्थलहरूको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

बजेट विनियोजन:

स्थानीय लोकसंस्कृति संरक्षण, प्रवर्द्धन तथा मेला महोत्सव आयोजनाका लागि रु. २ लाख ५० हजार विनियोजन गरिएको छ।

गाउँपालिकाले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण गर्दै त्यसलाई पर्यटन, समुदाय सशक्तीकरण र सामाजिक एकताको माध्यम बनाउने उद्देश्य राखेको छ।

युवा, खेलकुद तथा मनोरञ्जन कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले युवा सशक्तीकरण, खेलकुद प्रवर्द्धन र स्वस्थ जीवनशैलीलाई प्राथमिकतामा राख्दै विविध कार्यक्रमहरू अघि बढाएको छ।

प्रमुख कार्यक्रमहरू:

युवा स्वरोजगार कार्यक्रम
पशुपालन व्यवस्थापन, कृषि उद्यम र यान्त्रीकरणमा आधारित स्वरोजगारका लागि आवश्यक रकम विनियोजन।खेलकुद सामग्री वितरण, विद्यालय तथा सामुदायिक खेल टोलीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराइनेछ।अध्यक्ष कप प्रतियोगिताराष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित गाउँपालिका स्तरीय प्रतिस्पर्धा आयोजना।स्थानीय खेलाडी उत्पादन युवा प्रतिभाहरूको पहिचान, प्रशिक्षण तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन।

बजेट विनियोजन:

युवा उद्यमशीलता कार्यक्रम.रु. ५ लाख खेलकुद सामग्री वितरण रु.३ लाख,अध्यक्ष कप प्रतियोगिता रु १० लाख विनियोजन गरिएको छ। गाउँपालिकाले युवाहरूलाई स्वरोजगार, खेलकुद र रचनात्मक क्रियाकलापतर्फ उन्मुख गराउँदै सामाजिक उत्थान र राष्ट्रिय गौरवमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

रैनादेवी छहरा गाउँपालिकाले समान अवसर, समावेशी विकास र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले विविध लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएको छ। विशेष गरी महिलाहरू, दलित, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अल्पसक्षम, अनाथ र बिपन्न बालबालिकालाई लक्षित गरी समावेशी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

प्रमुख कार्यक्रमहरू:

एक महिला एक उद्यमी कार्यक्रम
महिलाहरूलाई सशक्त बनाउँदै स्वरोजगार तथा लघु उद्यममा संलग्न गराउने।

महिला सिपमूलक तालिम कार्यक्रम
महिलाहरूलाई सीप विकास तालिम प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने।

ज्येष्ठ नागरिक, अपाङ्ग, दलित, आदिवासी जनजाति लक्षित कार्यक्रमहरू
स्वास्थ्य, सम्मान, पहुँच र अधिकार सुनिश्चित गर्ने अभियान।

बिपन्न, असहाय, अनाथ बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम
शिक्षामा पहुँच विस्तार र संरक्षणलाई लक्षित गर्दै छात्रवृत्ति उपलब्ध गराइनेछ।

“पाँच अ” कार्यक्रम
अशक्त, असहाय, अति विपन्न, अनाथ र अपाङ्गता भएका बालबालिकालाई समेट्ने समावेशी कार्यक्रम।

युवा लक्षित समावेशी कार्यक्रमहरू
सशक्तीकरण, रोजगार र नेतृत्व विकासका लागि लक्षित कार्यक्रम सञ्चालन।

बजेट विनियोजन:

महिला लक्षित सशक्तीकरण कार्यक्रम रु.१५ लाख आदिवासी जनजाति लक्षित कार्यक्रम रु ३ लाख दलित लक्षित कार्यक्रम   रु २ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले समावेशी समाज निर्माण गर्दै सबै वर्ग, समुदाय र व्यक्तिलाई विकासको मूलधारमा समावेश गर्ने प्रतिबद्धता लिएको छ।

सडक पूर्वाधार विकास

रैनादेवी छहरा गाउँपालिकाले समृद्ध गाउँको आधार—सुरक्षित, पहुँचयुक्त र स्तरीय सडक सञ्जाल भन्ने मूल सोचका साथ, यातायात पहुँच विस्तार तथा दीगो विकासका लागि सडक पूर्वाधारमा उल्लेखनीय बजेट विनियोजन गरेको छ।

प्रमुख कार्यक्रमहरू:

गाउँपालिका स्तरीय मुख्य सडकहरूको निर्माण, स्तरोन्नति तथा विस्तार ठूला योजनाहरू संघ तथा प्रदेश सरकारसँगको समन्वयमा समपूरक योजनाको रूपमा अघि बढाइनेछ।

गौरवका योजना अन्तर्गतका मुख्य सडकहरू:

सुन्दरेढुंग्गा–साझण्डी मोटरबाटो: ट्रयाक खोल्ने कार्यको निरन्तरता,धजावान्ने–तान्सिङ्गल–सातमुरे मोटरबाटो धजावान्ने–पेलावास –टाँपोखरा मोटरबाटो कालोपत्रे (ब्ल्याकटप) निर्माणका वडागत सडक सुधार तथा स्तरोन्नति कार्यक्रम प्रत्येक वडामा अवस्थित मोटरबाटाहरूको निर्माण, स्तरोन्नति तथा मर्मतका लागि आवश्यक बजेट व्यवस्था गरेको छ।

सिँचाइ

रैनादेवी छहरा गाउँपालिकाले कृषि उत्पादन वृद्धि र ग्रामीण जीवनस्तर सुनिश्चित गर्न सिँचाइ पूर्वाधारलाई उच्च प्राथमिकता दिएको छ। सिँचाइ सुविधा अभावका कारण बाँझिएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यका साथ विभिन्न आयोजनाहरू अघि बढाइएको छ।

प्रमुख सिँचाइ आयोजनाहरू:माझकुलो सिँचाइ योजना,कालिमाटी घेरा सिँचाइ योजना ठुलो कुलोसिँचाइ योजना अर्चले कुहो सिँचाइ योजना साथै गाउँपालिकाभित्रका अन्य उपयुक्त स्थानहरूमा सिँचाइ योजनाहरू संचालन गरिनेछ।  अन्य सम्भावित सिँचाइ योजनाहरूको लागि आवश्यक बजेट विनियोजन गरिएको छ, जसले किसानहरूलाई प्रत्यक्ष लाभ पु-याउने अपेक्षा गरिएको छ।

वन तथा भू-संरक्षण कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले वातावरण संरक्षण, भूमिको दीगो उपयोग र बाढी–पहिरो जस्ता प्राकृतिक विपद्‌को न्यूनीकरण गर्न वन तथा भू-संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

भू-संरक्षण कार्यक्रम
माटोको कटान, भूक्षय र पहिरो नियन्त्रण गर्न वृक्षारोपण, ग्याबियन पर्खाल, डाईभरसन निर्माण आदि।

वन संरक्षण तथा प्रवर्द्धन कार्यक्रम
स्थानीय सामुदायिक वन समूहहरू सँगको सहकार्यमा वन क्षेत्रको संरक्षण र व्यवस्थापन।

आपत्‌कालीन बाढी/पहिरो नियन्त्रण कार्यक्रम
बाढी, पाहीरोलगायत प्राकृतिक विपद्का उच्च जोखिम क्षेत्रहरूमा जोखिम न्यूनीकरण पूर्वाधार निर्माण बाढीरपहिरो नियन्त्रण तथा विपद् व्यवस्थापन कार्यक्रम रु ३०,००,००० तिस लाख बजेट विनियोजन गरेको छ।

वातावरण तथा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण, स्थानीय विपद् व्यवस्थापन क्षमता अभिवृद्धि तथा दीगो र लचिलो समुदाय निर्माण लाई लक्ष्य बनाई निम्न कार्यक्रमहरू अघि सारेको छ।

विपद् व्यवस्थापन सामग्री तथा पूर्वतयारी कार्यक्रम,गाउँपालिकास्तरीय जाली ग्याबियन खरिद।वडा कार्यालय तथा प्रहरी चौकीमा आवश्यक विपद् प्रतिकार्य सामग्री  को व्यवस्था।विपद् उद्दार समूह गठन नगर प्रहरी व्यवस्थापन कार्यक्रमको लागि आवश्यक विनियोजन गरेको छ ।

सेवा प्रवाह, नागरिक पहुँच र संस्थागत सुदृढीकरण

रैनादेवी छहरा गाउँपालिकाले जनउत्तरदायी, पारदर्शी र प्रभावकारी स्थानीय शासन प्रणाली निर्माण गर्ने उद्देश्यले सेवा प्रवाह सुधार र संस्थागत दक्षता वृद्धिका कार्यक्रमहरू अघि सारेको छ।

नागरिकमैत्री सेवा प्रवाह,घरदैलोमै सेवा प्रवाह गर्ने प्रणाली लागू,कर्मचारी र जनप्रतिनिधि क्षमतावृद्धि,कम्प्युटर तालिम, जनमैत्री सेवा तालिम, तथा सञ्चार दक्षता तालिम सञ्चालन।,सार्वजनिक उत्तरदायित्व र सहभागिता प्रवर्द्धन,सार्वजनिक सुनुवाई कार्यक्रम,जनतासँग प्रहरी साझेदारी कार्यक्रम,जनतासँग जनप्रतिनिधि रेडियो कार्यक्रम,गाउँपालिकाको बजेट/कार्यक्रम संरक्षण तथा निगरानी कार्यक्रम अनुसार आवश्यक बजेट विनियोजन गरिएको छ।

सुशासन प्रवर्द्धन कार्यक्रम

रैनादेवी छहरा गाउँपालिकाले स्थानीय शासनमा नागरिक विश्वास अभिवृद्धि, सेवाको पारदर्शिता, र भ्रष्टाचार नियन्त्रण लाई प्राथमिकतामा राख्दै सुशासन प्रवर्द्धन का कार्यक्रमहरू लागू गर्दै आएको छ।

नागरिक वडापत्र अद्यावधिक र डिजिटल पहुँच,गुनासो व्यवस्थापन प्रणाली सुदृढीकरण,सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण,सूचना प्रवाहमैत्री सेवा प्रवाह प्रणाली,इ-टेण्डर प्रणालीको अवलम्बन,प्राविधिक उपस्थिति र योजनाको परिणाममुखी कार्यान्वयनका कार्यक्रम अनुसार आवश्यक बजेट विनियोजन गरिएको छ।

यस अधिवेशनमा गाउँपालिकाको विकास योजना, बजेट प्रस्तुतिका साथै विभिन्न सामाजिक, आर्थिक तथा प्रशासनिक विषयमा छलफल गरी आवश्यक निर्णयहरू लिइएको छ। गाउँपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा जनसमुदायको सक्रिय सहभागितामा सम्पन्न यो अधिवेशनले आगामी आर्थिक वर्षका लागि ठोस योजना र नीति निर्धारण गर्ने बाटो तय गरेको छ।

असार २७ गते बुधबार बहुमत मतले पारित बजेटले समग्र विकासका प्राथमिक क्षेत्रहरूमा लगानी गर्दै स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्य गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको