Advertisement

जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

Advertisement

तिनाउ तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएको छ । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहान र झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएको हो । माछाका भुरा छाड्ने कार्यक्रममा बोल्नुहुँदै राज्यका निर्देशक सिद्धान्त, निती र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिको सभापति ठाकुर गैरेले मानव अतिक्रमण परेर जलचर विनास हुँदै गएको सन्दर्भमा तिनाउ नदीमा माछाका भुरा छाड्दा त्यसले पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्ने बताउनुभयो । तिनाउ नदी भनेको केबल बुटवल क्षेत्र मात्र नभई नदीको मुहान स्रोत माडी क्षेत्र पनि भएकाले माडी क्षेत्रका बासिन्दा र नदीमा रहने जीवनजन्तुको प्रणालीलाई सहज बनाउने बताउनुभयो ।

नेपालमा तिनाउ नदीजस्ता खोलामा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग पु¥याएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताउनुभयो । छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने र त्यसले प्रजनन् प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा तिनाउ नदीको अम्लिहान र झुम्साबाट १५ हजार माछाका भुरा छाडिएको हो । तिनाउ नदीमा छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताउनुभयो ।

पछिल्लो समय तिनाउ नदीमा पाइने माछा लोप भएको अवस्था रहेको तानसेन–९, का वडाअध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । सदियाैँदेखि तिनाउ नदीसँगै खेलेर बाँचेका मानिसको जीवनरक्षाका लागि पनि माछाको भुरा छाड्नुको अर्थ रहने उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला समयन्य समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिनिधि सभामा सदस्य एवं समितिका सभापतिका स्वकीय सचिव चिरन गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर...
अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक किशोरिको मृत्यु भएको छ । भने एक जना घाइते भएकी छ्न । रुपन्देही...
रामेछापमा  सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भ...
जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

तिनाउ तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएको छ । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहा...
साहित्यकार चन्दका दुई कृति लोकार्पण

साहित्यकार चन्दका दुई कृति लोकार्पण

पाल्पा । साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कृतिकाे ला...
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन...
राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी  हुन  तानसेन आउने

राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी हुन तानसेन आउने

तानसेन। यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रण...
आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६ नेपाल सम्बत ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज