काठमाडौं ।आइतबारबाट श्रीलंकामा सुरु काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।
यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा पार्दै च्याम्पियनसिपमा दमदार सुरुवात गरेको छ । असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेल असोज २१ गते हुनेछ जसमा नेपालले उज्वेकिस्तानको खेल्ने छ भने असोज २२ गते तेस्रो खेल माल्दिभ्सको संग खेल्ने छ । चौथो खेल नेपालले असोज २४ गते किर्गिस्तानसँग खेल्नेछभने पाँचौ खेल असोज २५ गते तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो । सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | sahayatramedia.com ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।