तानसेन
मोहन कन्या माध्यमिक विद्यालय तानसेनका विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना विषयक कार्यक्रम प्रदान गरिएको छ । पाल्पा जेसिजद्धारा आयोजित सचेतना कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तर्गत सुरक्षित गर्भपतन भनेको के हो ? सुरक्षित गर्भपतन सेवाको उदेश्य,गर्भपतनका प्रकार,असुरक्षित गर्भपतनका तथ्यहरु र यस बाट पर्ने समस्याहरुको बारेमा जानकारी गराइएको थियो ।
समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुव्र्यसनलगायत समस्या कायम छन् । ती समस्या कम गर्न पाल्पा जेसिजले किशोर–किशोरीलाई परामर्श दिन थालेको अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
पछिल्लो समय छात्राहरु महिनावारीको समयमा विद्यालय आउन थालेका छन् । किशोर–किशोरी मैत्री सम्बन्धी सचेतना विषयक कार्यक्रम भएपछि आफूलाई लागेको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी थाहा पाउन तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा आउने सक्रियता बढने विद्यालयका प्राधानाध्यापक दिपक ज्ञवालीले बताउनुभयो । यस्ता कार्यक्रमहरु विद्यालयका बिधार्थीहरुलाई दैनिक जीवनमा आउने समस्यालाइ समाधान गर्न सहयोग पुग्ने प्राधानाध्यापक ज्ञवालीको भनाई छ । यौन शिक्षामा यौनसँग जोडिएका भावना, जिम्मेवारी, शरीरिक परिवर्तन, यौन क्रियाकलाप, प्रजनन्का लागि सही उमेर, सुरक्षित यौन सम्पर्क, जन्म नियन्त्रण वा यौनमा संयमजस्ता विषयका बारेमा विस्तारसँग बताउने गरिन्छ । ‘‘विद्यालयका छात्र छात्रालाई पनि यस्ता समस्यावारे जानकारी दिने गरेका छौं’’ ।
यौन शिक्षामा महिला वा पुरुषहरुको यौन स्वास्थ्यका साथ गर्भावस्था वा त्यसको बचावटको बारेमा बिस्तारसँग बताउने गरिन्छ । यसबाट युवाहरूको यौन सम्बन्धसँग हुनेवाला बिरामीहरु वा सङ्क्रमण जस्तो एचआइभी आदिप्रति जागरुक गर्ने गरिन्छ । यसकारण यौन स्वास्थ्य हरेक बच्चा वा किशोरलाई घरमा वा स्कुलमा दिनु आवश्यक हुन्छ, तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मोहन कन्या माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले विद्यालयलाई छनोट गरि सचेतना कार्यक्रम ल्याएकोमा पाल्पा जेसिजलाई धन्यवाद दिदै प्रजनन् शिक्षाका बारेमा पाल्पा जेसीजले थप कार्यक्रम गनुपर्ने बताउनु भयो । समुदाय स्तरमा यौन प्रजनन स्वास्थ्यका बारेमा धेरै कार्यक्रम नहुनु र प्रजनन स्वास्थ्यका बारेमा खुलेर विचार विमर्श पनि नहुँदा समस्या निम्तिएको छ । ‘जति पनि किशोरी २० वर्ष नपुगी आमा बन्छन्, पाठेघरको समस्याबाट ग्रसित छन् । ती सबै महिला यौन तथा प्रजनन स्वास्थ्यबारे अझै अनविज्ञ र अशिक्षित छन्,’ विधान श्रेष्ठले भन्नुभयो ।
पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले बालविवाह गर्दा धेरै बच्चा जन्माउँदा, असुरक्षित गर्भपतन गर्दा, विभिन्न औषधी सेवन गर्दा प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा समुदाय स्तरमा महिलाको चेतना अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो । प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जबाफदेही बनाउने गरी सबै सरोकारवालाको साझा बताउनुभयो । पहल हुनुपर्ने उँहाको जोड छ ।
पाल्पा जेसीजका अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिधान श्रेष्ठ , विशिष्ट अतिथिमा बिधालयका प्रधानाध्यापक दिपक ज्ञवाली रहनु भएको थियो भने कार्यक्रमका संयोजक जेसी कला दहालको स्वागत मन्तब्य , र महासचिव जेसी बिजय कार्कीको सन्चालनमा चलेको सचेतना कार्यक्रममा प्रशिक्षक निर्मला रेगामि र कुन्ति बराल,आस्था पाठ र एजिना खनालले सहजिकरण गर्नु भएको थियो ।
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | sahayatramedia.com ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।