Advertisement

मौद्रिक नीति : वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

Advertisement

काठमाडौँ, चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ ।

चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको उक्त विषय कार्यान्वयनका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमा पनि उल्लेख गरेको हो । त्यस्तै, चालु आवको बजेटले कृषि र नवप्रवर्तन क्षेत्रमा जाने कर्जा सहज बनाउने नीति लिएकामा त्यसलाई कार्यान्वयनका लागि राष्ट्र बैंकले पहल गरेको छ ।

‘नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ’,मौद्रिक नीतिमा भनिएको छ, ‘बजेट वक्तव्यमा उल्लेखित कृषिउपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइनेछ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिनेछ ।’ युवामा उद्यमशीलता प्रवद्र्घन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउन सहजीकरण गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।

त्यस्तै, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राष्ट्र बैंकले सरकारलाई सहयोग तथा समन्वय गर्ने भएको छ । ‘सरकारको २०८१र८२ को बजेट वक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा रु पाँच लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ’, चालु आवको मौद्रिक नीतिमा भनिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर...
अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक किशोरिको मृत्यु भएको छ । भने एक जना घाइते भएकी छ्न । रुपन्देही...
रामेछापमा  सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भ...
जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

तिनाउ तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएको छ । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहा...
साहित्यकार चन्दका दुई कृति लोकार्पण

साहित्यकार चन्दका दुई कृति लोकार्पण

पाल्पा । साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कृतिकाे ला...
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन...
राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी  हुन  तानसेन आउने

राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी हुन तानसेन आउने

तानसेन। यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रण...
आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६ नेपाल सम्बत ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज