Advertisement

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितभन्दा निको हुने बढे

Advertisement

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमितभन्दा आज निको हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना निको भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना निको भई घर फर्किएका छन् । यस्तै निको हुनेको दर पनि बढेको छ । आज नेपालमा निको हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत निको भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर...
अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँचीमा बसको ठक्करबाट बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा एक किशोरिको मृत्यु भएको छ । भने एक जना घाइते भएकी छ्न । रुपन्देही...
रामेछापमा  सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

रामेछापमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भ...
जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

जलचरको संरक्षण गर्न तिनाउ खोलामा छाडियो १५ हजार माछाका भुरा

तिनाउ तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएको छ । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहा...
साहित्यकार चन्दका दुई कृति लोकार्पण

साहित्यकार चन्दका दुई कृति लोकार्पण

पाल्पा । साहित्यकार दीर्घबहादुर चन्दको दुइवटा काव्यकृतिको काठमाडौंमा लोकार्पण एवं विमर्श कार्यक्रम सम्पन्न भएको छ । कृतिकाे ला...
लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी प्रदेश निजामती सेवा ऐन संशोधन प्रस्ताव स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन...
राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी  हुन  तानसेन आउने

राष्ट्रपति पौडेल भगवती रथयात्रामा सहभागी हुन तानसेन आउने

तानसेन। यस वर्षको भगवती रथयात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रण...
आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल: बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६

आजको राशिफल बि.सं.२०८१ भदौ १० गते सोमबार ई.सं.२०२४ अगस्त २६ नेपाल सम्बत ११४४ गुंलागा अष्टमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिण...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज